६ वर्षमा हुलाकी राजमार्ग कालोपत्रे ३२ किमि

कञ्चनपुर । कञ्चनपुरमा ६ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्रे गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ । राजमार्गको ६२ किमि क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्यसमेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ ।      पहिलो खण्डमा डोकेबजारदेखि बुटावारीसम्मको २० किमि लागि ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो खण्डमा बुटाबारीदेखि बेलडाँडीसम्मको २० किमि सडक निर्माणका लागि ४१ करोड र तेस्रो खण्डको २२ किमि सडकका लागि ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।      बाबाहंस सिद्धिकी र शर्मा जेभीले राजमार्ग निर्माणको जिम्मा पाएका छन् । ‘०७३ मा राजमार्ग निर्माण कार्य सुरु गरी ०७६ भदौ मसान्तमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको थियो’, हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी पदम मडैले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा पर्ने रुख हटाउन अनुमति दिन एक वर्ष लगाएपछि पर्खनुप¥यो । त्यसपछि कोरोना भाइरसको महामारी फैलिएपछि काम अगाडि बढाउन विलम्ब भएको छ ।’    राजमार्गको सुरु बिन्दु डोके बजार क्षेत्रमा सडकको अधिकार क्षेत्रभित्र पर्ने रुख र घर हटाउन बारम्बार तोकता गर्दै आए पनि नहटाइँदा ३५ दिने सूचना जारी गरिएको उनले बताए । बेलौरीको पचुँइमा १ हजार ६०० मिटर राजमार्ग कालापत्रे भारतीय अवरोधका कारण अगाडि बढ्न सकेको छैन । विवाद चाँडो समाधान भए कालोपत्रे अगाडि बढ्ने सूचना अधिकारी मडैले जानकारी दिए ।       ‘तीन वटै ठेक्काको म्याद सकिएको छ’, उनले भने, ‘पहिलो र दोस्रो सडक खण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको गत माघ महिनामै म्याद सकिएको छ । दोस्रो सडक खण्डमा काम गर्ने निर्माण कम्पनीको ठेक्का सम्झौताको म्याद जेठ महिनामा सकिएको छ ।’       कोभिडलाई दृष्टिगत गरी म्याद सकिएका निर्माण कम्पनीलाई ६ महिना विभागले काम गर्न म्याद थपे पनि सकिनै लागेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीयको भनाइ छ ।      निर्माण कम्पनीलाई हुलाकी राजमार्ग आयोजनाले भने काम गरेको केही रकम भुक्तानी गर्न भने बाँकी रहेको छ । निर्माण कार्य अगाडि बढाउन विभागबाट परिपत्र नआएका कारण केही अप्ठेरो परेको आयोजना कार्यालयका कर्मचारी बताउँछन् ।      राजमार्ग आयोजना धनगढी कार्यालयका प्रमुख रामपुकार जैसवालले वर्षाको समय भएकाले यसबेला कालोपत्रे गर्ने कार्य गुणस्तरयुक्त नहुने हुँदा काम रोक्न लगाइएको बताए । वर्षाको समय सकिएपछि सडक कालोपत्रे सुरु हुने उनले जानकारी दिए ।      राजमार्गको कुल चौडाइ १२ मिटर छ । यसमा सात मिटर कालोपत्रे गर्ने र दायाँबायाँको अढाइ मिटर क्षेत्रमा ग्राभेल राख्ने योजना छ । राजमार्गका ५५ बढी ठाउँमा कल्भर्ट राख्ने र वाल निर्माण पूरा गरिएको छ ।      सडक कालोपत्रे पूरा नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । सडकको धुलो उडेर स्थानीयको घरभित्रै पस्न थालेपछि मर्कामा परेका हुन् । कालोपत्रे गरिएको सडक फुटेर केही ठाउँमा खाल्डाखुल्डी भएपछि आवागमनमा समेत अप्ठेरो परेको छ ।      पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हुलाकी राजमार्ग छ । ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापारीकरण गरी गरिबी निवारणमा सघाउ पु¥याउने उद्देश्यले राजमार्ग आयोजना सञ्चालन गरिएको बताइएको छ । राणाकालीन समयदेखि नै चिठीपत्र आदानप्रदान गर्न चलनचल्तीको बाटोलाई सडकमा परिणत गरी राजमार्गको रूपमा विकसित गरिन लागेको छ । रासस    

सम्बन्धित सामग्री

हुलाकी राजमार्ग : वीरगञ्ज मातहत एक सय ८१ किलोमिटर सडक कालोपत्र

वीरगञ्ज– हुलाकी राजमार्ग योजना कार्यालय मातहत पर्ने हुलाकी राजमार्गको समग्रमा एक सय ८१ किलोमिटर सडक कालोपत्र गरिएको छ ।  कार्यालय मातहत दुई खण्डमा कूल दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही ठाउँमा बाहेक अन्यत्र सडक निर्माण कामले गति लिइरहेको कार्यालयले जनाएको छ । हुलाकी राजमार्ग […]

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत

६ मंसिर, जनकपुरधाम । जनमत पार्टीले हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषयमा अध्ययन सुरु गरेको छ । हुलाकी राजमार्गलाई आधार बनाएर रोजगारी सिर्जना गर्ने विषयमा जनमतले राष्ट्रिय सचिव बीपी साहको नेतृत्वमा टोली नै खटाएका छन् । अध्ययनमा मधेश प्रदेश नीति आयोगका सदस्य डा. सोहन प्रसाद साहले सहजीकरण गरिरहेका छन् । २०७९ मंरिसरको आमचुनावमा कृषि […]

हुलाकी राजमार्ग निर्माण सुस्त

राष्ट्रिय गौरवको आयोजनाको हुलाकी राजमार्ग निर्माणले गति लिन सकेको छैन। राजमार्ग १४ वर्षमा एक हजार ३९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। हुलाकी आयोजना निर्माण सम्पन्न कहिले हुने भन्ने अन्योल कायमै छ।...

समयमै हुलाकी राजमार्ग निर्माण सम्पन्न नगरे कारबाही गरिने

जनकपुरधाम – समय सीमाभित्र हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न नगरे सर्लाहीमा निर्माण व्यवसायीलाई कारबाही गर्ने निर्णय गरिएको छ। आइतबार प्रमुख जिलला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर प्रसाद सिंहको प्रमुख आतिथ्यतामा बसेको बैठकले हुलाकी राजमार्ग निर्माण समयमा नसके निर्माण व्यवसायीलाई कानुनी कारबाही गर्ने निर्णय गरेको छ। हुलाकी राजमार्ग निर्माण […]

निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र

कञ्चनपुर । कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र परेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारण निर्माणाधिन राजमार्ग अलपत्र परेको हो । तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्ग अलपत्र परेको हो । ६२ किलोमिटर सडक ३० महिनाभित्र कालोपत्रे गरिसक्ने गरी पहिलो पटक सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर […]

हुलाकी राजमार्ग अलपत्र, पहुँचवाला ठेकेदार भएकै कारण पाँचौं पटक म्याद थप

निर्माण व्यवसायीको चरम लापरवाहीले कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र परेको छ । तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्ग अलपत्र परेको हो ।६२ किलोमिटर सडक ३० महिनाभित्र कालोपत्रे गरिसक्ने गरी पहिलो पटक सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर पाँच पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन नसकेको हो ।यसरी ३० महिनामै सक्नुपर्ने काम ६५ महिना बितिसक्दा पनि निर्माण कम्पनीको लापरवाहीले पूरा हुन नसकेको हो । २०७३ फागुनमा निर्म

हुलाकी राजमार्ग: ७२ प्रतिशत निर्माण सम्पन्न

काठमाडौँ– तराई-मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । आयोजनाअन्तर्गत हालसम्म झण्डै नौ सय किलोमिटर सडक कालोपत्र भएकामा अहिले साढे पाँच सय किमीका लागि  ठेक्का आह्वान भएर काम अघि बढेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको […]

दाङमा स्थानीयवासीको अवरोधले हुलाकी राजमार्ग निर्माण सुस्त

तराईलाई द्रुतमार्गबाट केन्द्रीय राजधानीसहित अन्य विकसित शहरसँग जोड्दै तराई क्षेत्रको आर्थिक तथा सामाजिक विकास टेवा  उद्देश्यले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा पूर्व–पश्चिम तराई हुलाकी राजमार्ग निर्माणको योजना तय ग¥यो । राजमार्ग अन्तर्गत दाङको भालुवाङ कालाकाटेदेखि राजपुरको खोकरीसम्म ७० किलोमिटर सडक निर्माणका लागि हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्ज बाँकेले सर्भे ग¥यो ।पहिलो चरणमा कालाकाटेदेखि गढवासम्म र गढवादेखि राजपुरसम्म ६०/६० करोडमा २०/२० किलोमिटर सडक निर्

हुलाकी राजमार्ग निर्माणमा ६ अर्ब ७ करोड विनियोजन

तराई जिल्लामा सञ्चालित हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको हो ।निर्माणाधिन ३ सय किलोमिटर कालोपत्रे र २४ पुलको निर्माण कार्य सम्पन्न गर्न सो बजेट विनियोजन गरिएको छ । यस्तै थप ६७ वटा पुल निर्माण कार्य सुरु गरिने भएको छ ।