काठमाडौं। प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बास्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ ।
नेपकपाका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख बास्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बास्तोलासहित प्रकाश शाही, विवेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएर धरपकड गर्दै आएको छ ।