विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला रिहा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच सहमति भएपछि आगजनीलगायतका मुद्दामा जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका नेता शुक्रबार बास्तोला रिहा भएका हुन्।...

सम्बन्धित सामग्री

कता जालान् धर्मेन्द्र–हेमन्त ?

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपामा बस्न सक्ने अवस्था नभएपछि तत्कालीन सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले नेकपा बहुमत गठन गरेका छन् । पार्टीमा आफूहरूसँग बहुमत भएको भन्दै ‘बहुमत पार्टी’ गठन गरेका दुई नेता यतिबेला नेकपाबाट नेता कार्यकर्ता तान्ने ध्याउन्नमा लागेका छन् । अहिले तत्कालीन विप्लव समूह छोडेका नेता कार्यकर्तालाई धर्मेन्द्र र हेमन्तले आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् । विप्लवबाट अलग भएपछि अब यो समूहको गन्तव्य कता

विप्लव समूहबाट एक वडा अध्यक्षसहित चार सदस्य निर्वाचित

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा जाने/नजाने नीति लिएर सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरे। चुनावमा उत्साहित हुँदै गएको विप्लव समूह भने एक वडा अध्यक्षसहित चार वडा सदस्यमा मात्रै सिमित भएको छ। रोल्पाका ९ स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारीसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटका ९ स्थानीय तहका प्रमुख र उपप्रमुखस

विप्लव छापामार शैलीमा चुनावमा, धर्मेन्द्र बास्तोला बहिष्कारमा

काठमाडौं, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह विभाजित भएसँगै दुई पक्षले चुनावमा फरक गतिविधि गर्न थालेका छन् । चुनावमा भाग लिने विषयमा विभाजित भएको नेकपा फरक रणनीतिका साथ अगाडि बढेका हुन् । विप्लव समूह छापामार शैलीमा चुनावमा भाग लिइरहेको छ । यसले विभिन्न दलमा आफ्ना कार्यकर्ता घुसाएर चुनाव लडाएको छ भने कतिपय ठाउँमा […]

नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट

काठमाडौँ– नेकपा विप्लव समूहका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् । आइतबार नेकपा विप्लव समूहका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् । उनीहरूबीच कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भेट भएको हो । केही […]