काठमाडौं : सर्वोच्च अदालतले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ। मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले नेता बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो। तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै नेता बास्कोटालाई पक्राउ गरेको हो। फरक विचार र आस्था कारण पक्राउ गरेको देखिँदा निजलाई थुनामा राख्न उचित नदेखिएकोले आजै गैरकानुनी थुनाबाट मुक्त गरिदिनू भनी नेपालको संविधानको धारा १३३(२) र (३) सर्वोच्च अदा