सुर्खेत । नेकपा माओवादी केन्द्रको आधार इलामा मानिने कर्णालीको रुकुम पश्चिममा स्थानीय निर्वाचन २०७८ मा माओवादीलाई केही घाटा लागेको छ । वर्तमान अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिममा माओवादीको विरासतलाई कसैले हल्लाउन सकेको थिएन तर यो पटक दुई वटा स्थानीय तहमा नेपाली काँग्रेसले सत्ता आफ्नो हातमा पार्न सफल भएको छ ।तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँ २०७४ सालको निर्वाचनमा माओवादीको एकाधिकार जमाएको थियो । यो जिल्लाका कुनै पनि पालिकामा अन्य दलले जित्न सकेका थिएन