राप्रपा नेपालको आह्वान : एमालेसँग तालमेल भएका ठाउँमा ‘सूर्य’ चिह्नमा मतदान गर्नुस्

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेसँग तालमेल भएका ठाउँमा सूर्य चिह्नमा मतदान गर्न आह्वान गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले आफ्ना उमेदवार भएका ठाउँमा ‘तीर’मा र एमालेसँग तालमेल भएका ठाउँमा सूर्यमा मतदान गर्न आह्वान गरेको हो।राप्रपा नेपालले ०७६ चैत्र ३० गते एमालेसँग स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको सहमति गरेको थियो। प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा नेपालले आफनो पार्टीका उम्मेद्वा