नेकपा (एकीकृत समाजवादी) पार्टीले वैधानिकता पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आज मुद्दाको सुनुवाइ भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पार्टी नै अवैध भएको तथा निर्वाचन आयोगले समेत दर्ता गरिदिएको हुनाले पार्टीको वैधानिकताको सवालमा अन्तरिम आदेश जारी हुनु पर्ने माग गर्दै रिट दर्ता गरेका थिए ।
आज उक्त मुद्दामा निर्णय हुने सम्भावना देखिएको छ ।