भारतीय वायुसेनाका प्रमुख बीएस धनोआले लडाकु विमान राफेल तथा रुसको मिसाइल प्रतिरक्षा प्रणालीले देशको लडाकु क्षमतामा वृद्धि हुने बताएका छन् । सरकारले फ्रान्सको राफेल लडाकु विमान खरिद गर्ने फैसला सही भएको पनि उनले बताएका छन् । धनोआले भनेका छन्,“उच्च क्षमताको राफेल फाइटर यसका लागि आवश्यक छ कि हाम्रो मध्यम प्रविधिको क्षमता भएको तेजसले एक्लै सुरक्षा गर्न सक्दैन ।”