काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा बस चलाउन दिनेबारे छलफल

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ । यसबारे के गर्ने भन्नेबारे सोमबार बिहान निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘निषेधाज्ञालाई कुन स्वरुपमा लैजानेबारे ब्यापक छलफल भएको छ । केही परिवर्तन गर्नेगरी छलफल भइरहेको छ । सार्वजनिक सवारी

सम्बन्धित सामग्री

उपत्यकाभित्र बस, टेम्पो र माइक्रोबसमा जोर बिजोर हटाउने निर्णय

काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।  शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । निजी सवारी साधन र ट्याक्सीलाई चाहिँ जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पां

‘स्मार्ट लकडाउन’मा काठमाडौं उपत्यका

आज (शुक्रबार) राति १२ बजेदेखि उपत्यकामा सवारीसाधनमा जोर बिजोर लागू गरिएको छ । स्मार्ट लकडाउनअन्तर्गत नै जोर बिजोर प्रणाली सुरु गरिएको प्रशासनले जनाएको छ ।

अबदेखि काठमाडौं उपत्यकामा के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्नेसहित विभिन्न निर्णय गरेको हो । भोलि रातिदेखि जोर गते जोर अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ...

हचुवामा जोर/बिजोर : १५ लाख गाडी चल्दा संक्रमण बढ्ने, साढे ७ लाख चल्दा नबढ्ने ?

असार ८ गतेदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा जोर/बिजोरका आधारमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। काठमाडौं उपत्यका अन्तर्गतका काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । ‘निजी सवारी साधन (कार, जीप, भ्यानमा बढीमा ४ जना), ट्याक्सीमा बढीमा तीन जना र मोटरसाइकल स्कूटीमा २ जना मात्र सवार भएर जोर/बिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली एकैचोटी सबै सवार...

काठमाडौंसहित दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोर–बिजोर लागू

काठमाडौं उपत्यका र सक्रिय कोरोना संक्रमित दुई सयभन्दा बढी भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा