हचुवामा जोर/बिजोर : १५ लाख गाडी चल्दा संक्रमण बढ्ने, साढे ७ लाख चल्दा नबढ्ने ?

असार ८ गतेदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा जोर/बिजोरका आधारमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। काठमाडौं उपत्यका अन्तर्गतका काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । ‘निजी सवारी साधन (कार, जीप, भ्यानमा बढीमा ४ जना), ट्याक्सीमा बढीमा तीन जना र मोटरसाइकल स्कूटीमा २ जना मात्र सवार भएर जोर/बिजोर प्रणालीअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली एकैचोटी सबै सवार...