दुई वर्षअघि काठमाडौंको घट्टेकुलोमा बम विष्फोट गराएको आरोपमा जेल परेका रविन केसी रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) त्रिचन्द्र कलेज इकाई कमिटीका पूर्व अध्यक्ष समेत रहेका केसी २५ महिनापछि रिहा भएका हुन् ।सोमबार अखिल क्रान्तिकारी केन्द्रीय समितिले राजधानीको आर आर क्याम्पसमा केसीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेकपाकी नेतृ तारा सञ्जेल लगायतको उपस्थिति रहेको थियो । २०७६ जेठ १२ गते भएको घट्टेकुलो विष्फोटमा नेकपाकै कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भएको