नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षणसम्बन्धी शिविर सम्पन्न

बाँके- स्वास्थ्य कार्यालय, बाँकेको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी निःशुल्क शिविर भएको छ। महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकारी दिए। मटेहिया स्वास्थ्य चौकीका […]

सम्बन्धित सामग्री

पाठेघरको मुखको क्यान्सरसम्बन्धी शिविर

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पहिलो पटक आयोजना गरेको निःशुल्क शिविरले महिलाको पाठेघरको समस्या र पाठेघरको मुखको क्यान्सर रोगका सम्बन्धमा पहिचान र रोकथाम गर्न सहयोग पुगेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो । दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा ८५ जना महिलाले पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य जाँच गर्नुभएको प्रमुख श्रेष्ठले बताउनुभयो । शिविरमा पाठेघरको क्यान्सर परीक्षण गर्दा नौ जनामा स्वास्थ्य समस्या देखिएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ ।

नेपालगन्जमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर

नेपालगन्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले वडाहरूमा शिविर सञ्चालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

ज्योति विकास बैंकको स्वास्थ्य सचेतना शिविर

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको शंखरापुर नगरपालिका–३ जहरसिंह पौवामा ‘निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर’ सम्पन्न गरेको छ । ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत उक्त शिविर आयोजना गरिएको बैंकले जानकारी दिएको छ । शिविरमार्फत ६५ जना महिलाले लाभ लिएको बताइएको छ । पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको बैंकले जानकारी दिएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट, लप्सीफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र कीर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे । लप्सीफेदी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर–३ का अध्यक्ष सुर्यबहादुर तामाङ लगायत विभिन्न संस्था तथा निकायका पदाधिकारी, कर्मचारी तथा स्थानीयको उपस्थिति थियो ।

ज्योति विकास बैंकको निःशुल्क महिला स्वास्थ्य शिविर

ज्योति विकास बैंकले शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा, काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । उक्त शिविरमार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोषमार्फत शिविर आयोजना गरेको हो । पाठेघरको क्यान्सर जाँच, […]

ग्लोबल आइएमई बैंकद्वारा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई स्वस्थ नारी’ अभियानअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशव्यापी रूपमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो । सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापी रूपमा अभियान सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ । शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा दिएका छन् । बैंकका अनुसार शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायत सेवा नि:शुल्क रूपमा उपलब्ध गराइएको हो । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित स्थानीय तहको समन्वयमा कार्यक्रम गरिएको बैंकको भनाइ छ । बैंकले प्रदेश १ को इलाममा, मधेश प्रदेशको रौतहट, बागमती प्रदेशको दोलखा, गण्डकी प्रदेशको बागलुङ, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा स्वास्थ्य शिविर गरेको छ । शिविरबाट ८०९ जना महिलाले स्वास्थ्य सेवा लिएको बैंकको भनाइ छ ।

ग्लोबल आइएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तिकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गर्दैछ । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरूको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय […]