पाठेघरको क्यान्सर रोकथाम सम्भव छ, तर कसरी?

पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस प्रत्यक्षतः छालादेखि छालाको सम्पर्कबाट र विशेष गरी यौन क्रियाकलापको समयमा  एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यद्यपि, अहिले १०० भन्दा बढी प्रकारका एचपीभी छन्, यीमध्ये थोरै संख्याले मात्र एचपीभी–सम्बन्धित क्यान्सरहरू निम्त्याउँछ भनेर चिनिन्छ।

सम्बन्धित सामग्री

क्यान्सर रोकथाम सरकारको प्राथमिकतामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको मुखको क्यान्सर रोकथामलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । पिपुल्स एक्सेस टु एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले काठमाडौँमा आयोजना गरेको ‘पाठेघरको क्यान्सर नियन्त्रणका लागि सरकार, निजी, साझेदारी र मिडियाको भूमिका’ विषय कार्यक्रममा उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) को सुरुवात सरकारले गरिसकेको उल्लेख गर्नुभयो । क्यान्सर लागेपछि घर, परिवार र समाजसमेत तहसनहस हुने भन्दै मन्त्री महतले क्यान्सर रोगको रोकथाम सरकारको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले समयमै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप किशोरीलाई लगाउन प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । स