मन्त्रीज्यू, नार्कोटिक्स सम्मेलनमा जाँदा गाँजाको कुरा उठाउनु होलाः सांसद खतिवडा

गाँजा खेती वैधानिक गर्दा कम्तीमा २५ प्रतिशत किसान लाभान्वित हुन्छन्। उनीहरूको आर्थिक अवस्था सुध्रिन्छ। तर हाम्रा किसान त गाँजा फलाएकै कारण जेल गइरहेका छन्। जेल जानेमा अतिविपन्न र गरिबहरू बढी छन्। यो न्यायोचित भएन। किसानलाई त्रास र लुकिछिपी व्यापारीलाई कमाउने भाँडो बनेको छ।

सम्बन्धित सामग्री

संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने

सुरुङ्गा (झापा)- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए ।  'जनताका धेरै कुरा उठाउनु छ,' उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सु...

उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएको हो । उहाँले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनैपनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाउनु भयो । सांसद झाले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै […]

मेरो तस्विरका कुरा संसदमा उठाउनु प-यो !

काठमाडौं । अभिनेत्री स्वस्तिमा खडकाले आफनो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् ।  आफनो फेसबुक वालमा  ‘Keeping up with an Artificial Intelligence’ उल्लेख गरेर आफनो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरुले आश्चर्यजनक प्रतिक्रिया दिईरहेका छन् । धेरैले उनकाे तस्विर हेरर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन् यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विर […] The post मेरो तस्विरका कुरा संसदमा उठाउनु प-यो ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वस्तिमाको तस्वीरमा सांसददेखि निर्मातासम्मका कमेन्ट

काठमाडौँ – अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् । फेसबुकमा  ‘किपिङ अप विद एन आर्टिफिसिअल इन्टेलिजेन्स’ लेखेर सार्वजनिक गरिएको फोटोमा उनका सहकर्मी र फ्यानहरुदेखि सांसदसम्मले प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विरलाई ‘हलिउड छ त’ भनेर प्रतिक्रिया दिएका छन्। जवाफमा खड्काले ‘यो कुरा सदनमा उठाउनु […]

वर्षमान र कुलमानले ४ अर्ब घोटला गरेको आरोपमाथि किन भएन छानबिन ?

२०७६ साल असार १ गते आइतबार तत्कालिन उर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गम्भीर आरोप लाग्यो । प्रतिनिधिसभाको बैठकमै सांसद प्रकाश रसाईली ‘स्नेही’ले पुन र कुलमान मिलेर ४ अर्ब २९ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।तर, २ वर्ष ४ महिना (२८ महिना) भईसक्दा पनि संसदमै उठेको यो विषयले गम्भीरता पाएन । यस बारेमा वर्षमान पुन र कुलमान घिसिङ कसैले पनि जवाफ दिएनन् । न त सांसद रसाईलीले नै यसबारे बारम्बार प्रश्न उठाउन आवश्यक ठाने ।सांसद रसाईलीले पुन र कुलमान मिलेर उद्योगीसँग लिनुपर्ने ४ अर्ब २९ करोड रुपैयाँ नलिएर घोटला गरेको आरोप लगाएका थिए । ‘एउटा उपसमिति बनेको थियो । त्यो उपसमितिको प्रतिवेदनमा प्राधिकरणमा मन्त्रालयका मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिलाई ४ अर्ब २९ करोड रुपैयाँ उठाउनु पर्छ भनेर निर्देशन दिएको थियो’ उनले भनेका थिए, ‘आज त्यो प्रतिवेदन कहाँ लुकाएर राखेको छ थाहा छैन । नेपाली जनताले तिरेको करबाट उठेको पैसा व्यापारीसँग मिलेर ठग्ने काम भएको छ ।’अहिले कुलमानले उद्योगीसँग मागेको पैसा त्यही हो ?अतिरिक्त बिजुली प्रयोग गरेको भन्दै अहिले कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले उद्योगी व्यवसायीसँग २०७२ सालदेखिको बक्यौता तिर्नुपर्ने भन्दै ताकेता गर्दै आएको छ । तर, उपलब्ध कागजात, २०७२ माघ १० तथा २०७३ साल साउन १२ गतेको प्राधिकरणको आफ्नै निर्णयले पनि उद्योगीहरुले त्यतिबेला अतिरिक्त बिजुली नपाएको देखिन्छ ।तर, संसदमा समेत पैसा उठाउन नसकेको, पैसा नउठाएर व्यापारीसँग मिलेको, कमिशन खाएको तथा घोटला गरेको लगायतका आरोप लागेपछि कुलमान आक्रामक बनेको बताइन्छ । ‘त्यतिबेला ४ वर्षसम्म पैसा किन नउठाई बसेको भन्ने प्रश्न अहिले आउनु स्वभाविक हो’ स्रोत भन्छ, ‘उद्योगीहरुले त्यतिबेला बिजुली प्रयोग गरेको देखिँदैन पनि, बिजुली नै प्रयोग नगरेपछि पैसा माग्ने कुरा आएन । तर, संसदबाट बनेको एउटा उपसमितिले टन्नै पैसा उठाउन बाँकी छ भन्दियो । केही नलागेपछि प्राधिकरण चिठी काट्न बाध्य भएको हो, तर यो पैसा उठ्दैन, किनकी उनीहरुले प्रयोग नै नगरेको बिजुलीको पैसा किन तिर्छन् ।’के भन्छन् सांसद स्नेही ?बझाङबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रकाश रसाईली स्नेही अहिले पनि त्यतिबेला तत्कालिन उर्जामन्त्री पुन र कुलमान व्यवसायीसँग मिलेको दाबीबाट पछाडी फर्किएका छैनन् । ‘राज्यलाई ठग्ने काम भएकै हो, तर जति बोलेपनि सुनुवाई नहुने अवस्था छ’ उनले बिजपाटीसँग भने, ‘व्यापारीसँग मिलिमतो गरेकै हुन्, अब फेरि बोल्नुपर्ला । अहिले संसद अवरुद्ध छ, खुलेपछि यो कुरा फेरि राख्छु ।’उनले त्यतिबेला मन्त्री (वर्षमान पुन) र प्राधिकरणका हाकिम व्यापारीसँग मिलेको बताउँदै २ वर्षभन्दा अगाडी आफूले संसदमा उठाएको यो विषय कसैले पनि गम्भीरताका साथ नलिनु दुःखद भएको पनि बताएका छन् ।त्यतिबेला एमाले र माओवादीको गठबन्धनका कारण छानबिन हुन नसकेको स्नेहीले संकेत गरेका छन् । तर, अहिले पनि काँग्रेस र माओवादी मुख्य सत्ता घटक रहेका कारण छानबिन हुनेमा भने उनी विश्वस्त देखिएका छैनन् । यद्यपी, संसदमा यो विषय अब बारम्बार उठाउनेमा भने उनी दृढ देखिएका छन् ।

अष्टलक्ष्मीसहितका एमाले सांसद भन्छन्- गोप्य मतदानबारे प्रश्न उठाउनु कानुनविपरीत

'खिमलाल देवकोटाको सबभन्दा राम्रो सम्बन्ध भएको मुख्यमन्त्रीकै हो। प्रदेश योजना आयोगको उपाध्यक्ष बनाएको मुख्यमन्त्रीले नै हो,'नेपाली पक्षीय सांसदहरूको भनाइ उदृत गर्दै एक सांसदले भने,'गोप्य मतदान भएकाले कसले कसलाई मत दियो भनेर आशंका गर्नु गलत हो। आशंकाकै भरमा सोधिएको स्पष्टीकरण फिर्ता हुनुपर्छ।'