वर्षमान र कुलमानले ४ अर्ब घोटला गरेको आरोपमाथि किन भएन छानबिन ?

२०७६ साल असार १ गते आइतबार तत्कालिन उर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गम्भीर आरोप लाग्यो । प्रतिनिधिसभाको बैठकमै सांसद प्रकाश रसाईली ‘स्नेही’ले पुन र कुलमान मिलेर ४ अर्ब २९ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।तर, २ वर्ष ४ महिना (२८ महिना) भईसक्दा पनि संसदमै उठेको यो विषयले गम्भीरता पाएन । यस बारेमा वर्षमान पुन र कुलमान घिसिङ कसैले पनि जवाफ दिएनन् । न त सांसद रसाईलीले नै यसबारे बारम्बार प्रश्न उठाउन आवश्यक ठाने ।सांसद रसाईलीले पुन र कुलमान मिलेर उद्योगीसँग लिनुपर्ने ४ अर्ब २९ करोड रुपैयाँ नलिएर घोटला गरेको आरोप लगाएका थिए । ‘एउटा उपसमिति बनेको थियो । त्यो उपसमितिको प्रतिवेदनमा प्राधिकरणमा मन्त्रालयका मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिलाई ४ अर्ब २९ करोड रुपैयाँ उठाउनु पर्छ भनेर निर्देशन दिएको थियो’ उनले भनेका थिए, ‘आज त्यो प्रतिवेदन कहाँ लुकाएर राखेको छ थाहा छैन । नेपाली जनताले तिरेको करबाट उठेको पैसा व्यापारीसँग मिलेर ठग्ने काम भएको छ ।’अहिले कुलमानले उद्योगीसँग मागेको पैसा त्यही हो ?अतिरिक्त बिजुली प्रयोग गरेको भन्दै अहिले कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले उद्योगी व्यवसायीसँग २०७२ सालदेखिको बक्यौता तिर्नुपर्ने भन्दै ताकेता गर्दै आएको छ । तर, उपलब्ध कागजात, २०७२ माघ १० तथा २०७३ साल साउन १२ गतेको प्राधिकरणको आफ्नै निर्णयले पनि उद्योगीहरुले त्यतिबेला अतिरिक्त बिजुली नपाएको देखिन्छ ।तर, संसदमा समेत पैसा उठाउन नसकेको, पैसा नउठाएर व्यापारीसँग मिलेको, कमिशन खाएको तथा घोटला गरेको लगायतका आरोप लागेपछि कुलमान आक्रामक बनेको बताइन्छ । ‘त्यतिबेला ४ वर्षसम्म पैसा किन नउठाई बसेको भन्ने प्रश्न अहिले आउनु स्वभाविक हो’ स्रोत भन्छ, ‘उद्योगीहरुले त्यतिबेला बिजुली प्रयोग गरेको देखिँदैन पनि, बिजुली नै प्रयोग नगरेपछि पैसा माग्ने कुरा आएन । तर, संसदबाट बनेको एउटा उपसमितिले टन्नै पैसा उठाउन बाँकी छ भन्दियो । केही नलागेपछि प्राधिकरण चिठी काट्न बाध्य भएको हो, तर यो पैसा उठ्दैन, किनकी उनीहरुले प्रयोग नै नगरेको बिजुलीको पैसा किन तिर्छन् ।’के भन्छन् सांसद स्नेही ?बझाङबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रकाश रसाईली स्नेही अहिले पनि त्यतिबेला तत्कालिन उर्जामन्त्री पुन र कुलमान व्यवसायीसँग मिलेको दाबीबाट पछाडी फर्किएका छैनन् । ‘राज्यलाई ठग्ने काम भएकै हो, तर जति बोलेपनि सुनुवाई नहुने अवस्था छ’ उनले बिजपाटीसँग भने, ‘व्यापारीसँग मिलिमतो गरेकै हुन्, अब फेरि बोल्नुपर्ला । अहिले संसद अवरुद्ध छ, खुलेपछि यो कुरा फेरि राख्छु ।’उनले त्यतिबेला मन्त्री (वर्षमान पुन) र प्राधिकरणका हाकिम व्यापारीसँग मिलेको बताउँदै २ वर्षभन्दा अगाडी आफूले संसदमा उठाएको यो विषय कसैले पनि गम्भीरताका साथ नलिनु दुःखद भएको पनि बताएका छन् ।त्यतिबेला एमाले र माओवादीको गठबन्धनका कारण छानबिन हुन नसकेको स्नेहीले संकेत गरेका छन् । तर, अहिले पनि काँग्रेस र माओवादी मुख्य सत्ता घटक रहेका कारण छानबिन हुनेमा भने उनी विश्वस्त देखिएका छैनन् । यद्यपी, संसदमा यो विषय अब बारम्बार उठाउनेमा भने उनी दृढ देखिएका छन् ।

सम्बन्धित सामग्री

वर्षमान पुनले भने- गणतन्त्रमाथिको हमला हामीमाथिको हो

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रवादीहरूले सुरु गरेको व्यवस्थामाथि हमला आफूहरूमाथिको हमला भएको बताएका छन् ।

अहिलेको नयाँ शक्ति माओवादी: वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेका छन्।...

फराकिलो मतान्तर बनाउँदै वर्षमान

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् ।  १७ हजार दुई सय मत गणना गर्दा पुनले १० हजार ४३८ मत...

बलियो अवस्थामा वर्षमान

रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा माओवादीका उम्मेदवार वर्षमान पुन अनन्त र एमालेका उम्मेदवार पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । समग्रमा तेस्रो र रोल्पाबाट प्रतिनिधित्व गरी दोस्रोपटक संसद्...

वर्षमान पुन : रोल्पामा पूर्व माओवादीसँगै प्रतिस्पर्धा

१९ कात्तिक, रोल्पा । वर्षमान पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा आफ्नै पूर्व सहकर्मीलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । जित दोहोर्‍याउने उनको चाहनामा कुनै बाधा छ भने एमालेका उम्मेदवार बनेका माओवादीकै पूर्व लडाकू पूर्ण बुढा हुन् । हुनत २०६४ पछिको सबै चुनावमा रोल्पाबाट माओवादी उम्मेदवार मात्र निर्वाचित भएका छन् । तर वर्षमान भने […]

रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । पुनले सत्तारुढ गठबन्धनकातर्फबाट लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।  पुनकातर्फबाट माओवादी रोल्पा...

बाबुरामको वर्षमान र रेखासँग जम्काभेट भएपछि…

काठमाडौं, २१ चैत्र । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको त्रिभुवन विमानस्थलमा नेकपा माओवादीका नेता वर्षमान पुन र अभिनेत्री रेखा थापासँग जम्काभेट भएको छ । जनता समाजवादी पार्टी नेपालका संघिय अध्यक्ष डा.भट्टराईको सोमबार एअरपोर्टमा पुन र थापासँग भेट भएको हो । उनीहरु एक समय एउटै पार्टीमा भएका तीनजना अहिले तीन पार्टीमा आवद्ध छन् । वर्षमान पुन माओवादी […]

उपचारका लागि वर्षमान पुनलाई लगियाे बैंकक

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिएको छ । जन्डिसको उपचारको लागि उनलाई बैंकक लगिएको हो  ।

अब ‘फाइनल कार्ड ओपन’ हुन्छः वर्षमान पुन

पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले अब सत्ता समीकरणका लागि ‘फाइनल कार्ड ओपन’ हुने बताएका छन् । सर्वोच्चको आदेशसँगै नेकपा पूर्ववत पार्टीमा फर्किएपछि संविधान विघटन गर्ने र बचाउने...