काठमाडौं : नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदिप ज्ञवालीले सत्ता घटक माओवादी केन्द्रले नै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोक्न माग गर्नु सामान्य बिषय नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ज्ञवालीले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीको अमेरिका भ्रमण आवश्यक नभएका टिप्पणी गरेपछि त्यसको जवाफ खोजेका हुन्। सांसद ज्ञवालीले भने, ‘दुईदिन अघि सत्ता गठबन्धनको एक घटकका प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको विषयलाई ल