एमाले र माओवादी केन्द्रका दुई जना नेताले अहिले नेपाली कम्युनिष्टलाई सबैभन्दा खतरा भएको बताएका छन्। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुुसाल र माओवादी केन्द्रका नेता राम कार्कीले सत्तामा रहेकाले अहिले नेपाली कम्युनिष्टका लागि सबैभन्दा खतरनाक अवस्था रहेको बताए। ‘विश्व इतिहास हेर्दा मार्क्सवादले त्यतिबेला धक्का खाएको छ, जतिबेला यो बलियो हुन्छ,’ माओवादी नेता कार्कीले…