‘चीन सबैभन्दा ठूलो ह्याकिङ शक्ति’, तारोमा अमेरिकी र भारतीय

एजेन्सी, २५ जेठ । चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ । पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । […]

सम्बन्धित सामग्री

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत विश्वको दोश्रो ठुलो अर्थतन्त्र बन्ने बताउनु भएको छ । ५ सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको उहाँले बताउनुभएको हो । अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उहाँले बताउनुभयो । द […]

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताउनुभएको छ ।

अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिने भ्रमणको क्रममा शनिबार अमेरिका पुग्नुभएको छ । अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र जापानका प्रधानमन्त्री फुमियो किशिदासहितका नेताहरू सहभागी हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन आफू आतुर रहेको बताउनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटले […]

भारतीय व्यापारी अडानीको सम्पत्ति ५ दिनमै झन्डै ४१ खर्ब भारतीय रुपैयाँ घट्यो

भारतीय व्यापारी गौतम अडानीले गएकाे पाँच दिनमा झन्डै ४१ खर्ब भारतीय रुपैयाँ गुमाउनुभएको छ । अमेरिकी रिसर्च ऐजेन्सी हिन्डनबर्गको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको पाँच दिनमा अडानीले ५० बिलियन अमेरिकी डलर अर्थात् ४० खर्ब ८० अर्ब भारतीय रुपैयाँभन्दा धेरै सम्पत्ति गुमाउनुभएको बीबीसीले जनाएको छ । अमेरिकाको हिन्डनबर्ग रिसर्चले कसरी विश्वको तेस्रो धनी व्यक्तिले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो ठगी गरे भन्ने शीर्षकमा गएको बुधवार एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । हिन्डनबर्गको रिसर्च बाहिर आएपछि विश्वको तेस्रो ध...

अदानी समूहको ऋणमाथि हिन्डेनबर्गले ठड्यायो औंला, भारतीय बैंकहरूलाई कति जोखिम ?

काठमाडौं । अमेरिकी एक्टिभिष्ट लगानीकर्ता हिन्डेनबर्ग रिसर्चबीचले भारतीय व्यापारी गौतम अदानीलाई कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो ठग भन्दै विभिन्न आरोपहरू लगाएपछि अदानी समूहका कम्पनीहरूले गएको हप्ता अर्बौं रुपया बराबरको बजार पूँजीकरण गुमाए । हिन्डेनबर्गले अदानी समूहका केही ठूला कम्पनीहरूको ऋणमाथि औंला उठाएका थिए । सोही कारण अदानीका कम्पनीहरूमा लगानी रहेको भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्सुरेन्स कर्पोरेशन (एलआईसी)को शेयर मूल्य घट्यो । लगानीकर्ताहरू अत्तालिएर आफूसँग भएको शेयर धमाधम बेचे । कम्पनीहरूको बोक्नै नसक्ने कर्जा दलाल स्ट्रिटको लागि भने नौलो कुरा होइन । अदानी समूहमा कर्जाको स्तर निकै धेरै छ । अदानी समूहका धेरैजसो कम्पनीहरूले ऋण तिर्न प्रयोग गर्न सक्ने गरी फ्रि क्याश बनाउन नसकेको हिन्डेनबर्गको भनाई छ । समूहका ४ कम्पनीमध्ये अदानी ग्रिन इनर्जी, अदानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अदानी इन्टरप्राइजेजको फ्रि क्याश फ्लो नकारात्मक थियो । अदानी ग्रिन र अदानी इन्टरप्राइजेजको नकारात्मक फ्रि क्याश फ्लो क्रमशः १ खर्ब ४६ अर्ब ८५ करोड भारतीय रुपया र १ खर्ब २० अर्ब ४२ करोड भारतीय रुपया छ । अदानी समूहलाई भारतीय बैंकिङ क्षेत्रले भारी कर्जा दिएका छन् । कर्जासम्बन्धी हल्लाखल्लाका कारण लगानीकर्ताहरू त्रस्त बनेपछि सीएलएसए एशियाले अदानी समूहलाई दिएको कर्जाले भारतीय बैंकिङ क्षेत्रलाई हुन सक्ने सम्भावित जोखिमको विश्लेषण गरेको थियो ।  अदानीको कूल ऋण २१ खर्ब रुपया छ । अन्तर समूह कर्जाबाहेकको कर्जा १९ खर्ब रुपया छ । शीर्ष तीन कम्पनीको ऋण मात्रै ३ खर्बदेखि ४ खर्ब रुपयाबीच छ । उक्त समूहलाई निजीको तुलनामा सरकारी क्षेत्रका बैंकले दिएको ऋण धेरै छ । निजी क्षेत्रका बैंकहरू खासै प्रभावित हुने देखिन्न । आर्थिक वर्ष (आव) २०२४ को कर्जा र नेटवर्थमा निजी क्षेत्रका बैंकहरूको एक्सपोजर क्रमशः शून्य दशमलव प्रतिशत र १ दशमलव ५ प्रतिशत रहने सीएलएसएको विश्लेषणले देखाएको छ । तर, सरकारी बैंकहरूको एक्सपोजर क्रमशः शून्य दशमलव ७ प्रतिशत र ७ प्रतिशत छ । गएको ५–६ वर्षमा समूहले कर्जालाई विविधीकृत गरेको थियो भने कर्जामा भारतीय बैंकहरूको अनुपात पनि आव २०१६ को ८६ प्रतिशतबाट घटाएर आव २०२२ मा ३३ प्रतिशतमा झारेको जेफ्रीजले बताएको छ । अदानी समूहको ऋणले भारतको बैंकिङ क्षेत्रलाई भौतिक क्षति भने नरहेको जेफ्रीज र सीएलएसएको अनुमान छ । तर, हिन्डेनबर्गको रिपोर्टले नियामक र शीर्ष बैंकलाई सर्तक बनाएको छ । एजेन्सी

अमेरिकी डलर अहिलेसम्मकै महँगो, नेपालमा पर्नेछ यस्तो असर

नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १२७ रुपैयाँ ५१ पैसा कायम गरेको छ। डलरको विक्रीदर १२८ रुपैयाँ ११ पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो । यसको अर्थ नेपालीहरुले एक डलर किन्न १२८ रुपैयाँ ११ पैसा खर्च गर्नु पर्नेछ । नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो।पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । नेपालमा पर्नेछ यस्तो असरडलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ५० लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।  यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ। यसले निर्यात बढाउन सहयोग मिल्छ। डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ। यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ। नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ। आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ। डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। डलरमा सरकारले खरिद गरेको विद्युत आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ। औषधोपचार, अध्ययन, भ्रमण लगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरिद गर्नुपर्दा त्यसले पनि असर पार्छ। डलर बढ्दा मुलुकको सोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ।

विदेशी मुद्राको सञ्चिती भारतमा पनि गिरावट

काठमाडौं : नेपालमा अमेरिकी डलरको सञ्चितीमा कमि आएर संकट सिर्जना हुने अर्थविदहरुले चेतावनी दिइरहेका बेला छिमेकी मुलुक भारतमा पनि विदेशी मुद्राको सञ्चितीमा अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ।भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आँकडा अनुसार भूराजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिति ११।१७३ बिलियन डलर घटेर ६०६।४७५ बिलियन डलरमा सीमित भएको छ। जुन अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट भएको बताइएको छ।भारतीय केन्द्रीय ब

आइपिएलमा थपिए दुई टोली

विवादास्पद अमेरिकी लगानी सिभिसी क्यापिटल र भारतीय उद्योगपतिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट इन्डियन प्रिमियर लिगमा दुई नयाँ टोली खरिदका लागि १.६ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन्।...

प्रतिष्ठित अमेरिकी भवन भारतीय ध्वजाको प्रकाशबाट सिँंगारिने

इन्डिया न्युज नेटवर्क । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको म्यानह्याटनस्थित अन्तर्राष्ट्रिय व्यापारिक भवनलगायत अन्य दुई भवन भारतीय ध्वजको प्रकाशबाट सुसज्जित हुनेछ । अमेरिकी भारतीय समुदायबाट सञ्चालित गैरनाफा मुलक संगठनले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिए अनुसार दक्षिण एसियाली र डर्सट संगठन मिलेर भवन प्रकाशमय बनाउने कार्य गरिरहेको छ । यसका […]

आईपीओ ल्याउँदै भारतीय डिजिटल पेमेन्ट कम्पनी पेटीएम

एजेन्सी। भारतको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म पेटीएमले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यही वर्षभित्र आईपीओ निष्कासन गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। पेटीएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन आईपीओ निष्कासनका लागि नियामकसमक्ष पुगिसकेको छ। यस कम्पनीको बजार मूल्य २४ अर्ब अमेरिकी डलर बराबरको छ। पेटीएम भारतको नम्बर एक अनलाईन भुक्तानी कम्पनी हो।