दुर्घटना रोक्न रिफ्लेक्टिभ स्टिकर

नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको छ । चिसो मौसम सुरु भएसँगैं बढ्दो हुस्सु र रातिको बेला भिजीबिलीटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको हो ।

सम्बन्धित सामग्री

दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने स्टिकर

नेपालगन्जमा लामो समयदेखि प्रमुख समस्याको रुपमा रहेको छाडा चौपायाबाट हुने दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाउन सुरु गरिएको छ ।

आयातित वस्तुमा स्टिकर प्रणाली रोक्न आग्रह

इम्पोटर्स एसोसिएसन अफ नेपालले तयारी वस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार झन् बढ्ने दाबी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पैठारीमा लेबलिङ स्टिकरको जटिलता तथा सम्भावित उपायका विषयमा सुझावपत्र बुझाउँदै सङ्घले यो व्यवस्थाको लक्ष्य राम्रो भए पनि कार्यान्वयन जटिल रहेको र परिणाम उल्टो आउन सक्ने दाबी गरेको हो ।

दुर्घटना रोक्न सडकका चौपायालाई 'स्टिकर'

रातको समयमा हुने सडक दुर्घटना कम गर्न रुपन्देहीको तिलोत्तमाका सडकमा भेटिने पशु चौपायाको घाँटीमा बुधबार साँझदेखि 'रिफ्लेक्टिभ स्टिकर' (रातिमा चम्किने फित्ता) बाँध्न सुरु गरिएको छ ।

जथाभावी फोहोर रोक्न घरघरमा स्टिकर टाँस्दै तिलोत्तमा नगरपालिका

बुटवल –  सार्वजनिक ठाउँमा फोहर फाल्न रोक्नका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरघरमा स्टिकर टाँस्न थालेको छ। सरसफाइ अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्दै नगरपालिकाले फोहर जथाभावी फ्याँक्न रोक्नका लागि यस्तो अभियान चलाएको हो। प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो। नगरपालिकामा नियमित […]

अन्तःशुल्क स्टिकरसम्बन्धी ठेक्का सम्झौता नगर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २४। सर्वोच्च अदालतले अन्तःशुल्क स्टिकर खरीदको ठेक्का सम्झौता रोक्न आन्तरिक राजस्व विभागलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । विभागले प्रतिस्पर्धाबाट छनोट भएको भनिएको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग सम्झौता गर्न लागेका बेला सर्वोच्चले प्रक्रिया अघि नबढाउन बुधवार आदेश दिएको हो । मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट दायर रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलाशले खरीद […]

दुर्घटना रोक्न विद्यार्थीका साइकलमा रिफ्लेक्टिङ स्टिकर

दाङ : जाडो समयमा अत्याधिक कुहिरो लाग्ने  गरेका कारण ट्राफिक प्रहरीले  दुर्घटना रोक्न विद्यार्थीहरुको साइकलहरुमा  रिफ्लेक्टिङ स्टिकर टाँस्न थालेको छ।  बाक्लो कुहिरोको कारण नजिकै के हिँडिरहेको छ भनेर ठम्याउन गाह्रो पर्ने हुँदा पूर्व पश्चिम राजमार्गमा साईकलहरु बढि ओहोर दोहोर हुने भएकाले  पहिलो चरणम...

यातायातमा अराजकता रोक्न नयाँ मापदण्ड

सरकारले सार्वजनिक यातायातसहित समग्र सवारीका क्षेत्रमा देखिएको अराजकता रोक्न कार्यविधि तथा मापदण्ड ल्याउने भएको छ । यातायात व्यवस्था विभागले सवारी पञ्जीकरण, वर्कसप सञ्चालन, प्रदूषण (हरियो स्टिकर), ड्राइभिङ ट्रेनिङ सेन्टरलगायतका लागि निश्चित मापदण्ड तयार पारी लागू गर्ने तयारी अन्तिम अवस्थामा पुर्याएको छ ।

दुर्घटना रोक्न अटो रिक्सामा स्टीकर

जुम्लामा सञ्चालित अटो रिक्सा चालकले तिव्र गतिमा हाक्नाले दुर्घटना हुनसक्ने सम्भावना बढ्दै गएको भन्दै जिल्ला ट्राफिक कार्यालयले अटो रिक्सामा स्टिकर टाँसेको छ। यहाँका सञ्चालित १५ वटा अटो रिक्सामा ‘तिब्र गतिमा सवारी नचलाऔं’ भन्ने सन्देश लेखिएको स्टिकर टाँस गरेको हो।

दुर्घटना रोक्न ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’

सवारी दुर्घटना न्युनीकरण गर्न बाँकेमा ट्राफिक प्रहरीले जनचेतना मुलक कार्यक्रम चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चिसो मौसममा बाक्लो मात्रामा हुस्सु लाग्दा हुने दुर्घटना रोकथाम गर्न ट्राफिक प्रहरीले ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानलाई ब्यापकता दिएको हो ।