रातको समयमा हुने सडक दुर्घटना कम गर्न रुपन्देहीको तिलोत्तमाका सडकमा भेटिने पशु चौपायाको घाँटीमा बुधबार साँझदेखि 'रिफ्लेक्टिभ स्टिकर' (रातिमा चम्किने फित्ता) बाँध्न सुरु गरिएको छ ।
१९ जेठ, काठमाडौं । सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको बजेट बढाएको छ । सांसदहरुले आफूले रोजेका आयोजनामा खर्च गर्न पाउने गरी बजेट दिने परम्परा रोक्न भन्दै सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक विकास गर्न यो कार्यक्रम सुरु गरेको थियो । चालु आर्थिक वर्षमा यो कार्यक्रम अन्तरगतका सडकका लागि २ अर्ब ६ करोड रुपैयाँ […]
यमलाल भुसाल, बुटवल । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटीमा क्रियाशील ट्रक व्यवसायी संघ संस्था र समितिहरू आन्दोलित भएका छन् । ट्रक व्यवसायीहरू महंगिएको इन्धनको बचत दुर्घटना रोकथाम र नेपाल सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न सडकका उत्रिएका छन् । सरकारले गर्ने काम व्यवसायीले आफैं गर्न थालेका छन् । व्यवसायीले भारतीय तथा नेपाली गाडीको […]
मनाङ । हिमाली जिल्ला मनाङ असारको सुरुआतमै बाढीपहिरोबाट क्षतविक्षत भएको थियो । पहिराले क्षति पु¥याएका क्षेत्रको स्थलगत अवलोकनमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको प्राविधिक टोली यहाँ आएको थियो ।
त्यसपछि पनि अन्य सरोकारवाला सरकारी निकाय र राजनीतिक दलका नेताले सो क्षेत्रको अवलोकन गरेका थिए । स्थलगत निरीक्षणपछि अध्यक्ष प्रचण्डले त्यतिबेला भावी योजनासहित अध्ययन गरेर दीर्घकालीन समाधानको खोजी गर्ने आश्वासन दिएका थिए । त्यसैको परिणामस्वरूप पहिलो पटक यहाँका ठूला आकारका पहिराको अध्ययन गर्न थालिएको छ । पहिरा जानुको कारण पत्ता लगाई आगामी दिनमा थप पहिरा जान नदिन अध्ययन गर्न थालिएको हो । पहिरो रोकथामको उपाय पहिचान गर्ने प्रयास पनि अध्ययन गरिने प्राविधिकले बताएका छन् ।
डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाले परामर्शदाता खटाएर ठूला आकारका पहिराको विशेषज्ञमार्फत विशेष अध्ययन गर्न थालेको हो । पहिराले मुख्यतः मनाङ जोड्ने एक मात्र मोटरमार्ग भत्किएपछि महिनौंसम्म आवतजावत रोकिएको थियो । स्थलमार्ग रोकिँदा मनाङमा खाद्यान्न र औषधी आपूर्तिमा समेत समस्या भएको थियो ।
डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका इन्जिनियर अच्युतविलास पन्तले सडक खण्डमा पर्ने ठूला आकारका पहिरोको अध्ययन गराउन थालिएको बताए । सानातिना पहिराको खासै अध्ययन आवश्यक नपर्ने भए पनि ठूला पहिराको अध्ययन आवश्यक रहेको उनको भनाइ छ । ‘ठूला पहिरा आउनुको कारण पहिल्याउन आवश्यक छ किनभने हरेक वर्ष पहिरा जाने अवस्थामा त्यहाँ कसरी पूर्वाधार व्यवस्थापन गरी रोक्न सकिन्छ भनेर अध्ययन भएमा दीर्घकालीन समाधान गर्न सकिनेछ’, पन्तले भने, ‘हचुवाका भरमा सडकको पूर्वाधार खर्च बढी गर्नुभन्दा लामो समय टिकाउ हुने गरी सडक निर्माणका लागि पहिराको अध्ययन गर्नुपर्छ ।’
उनका अनुसार स–साना पहिराको सडक आयोजना आफैंले अध्ययन गर्नेछ । तर, ठूला पहिराको अध्ययन गर्ने क्षमता आयोजनासँग नभएपछि परामर्शदाता नै छनोट गरिएको छ । यो सडक खण्डमा सबैभन्दा ठूलो पहिरा कोतो, बगरछाप र सिरनातालमा झरेको छ ।
त्यसैगरी लमजुङ प्रवेश नाकामा पर्ने उदीपुरमा पनि ठूलो आकारको पहिरो खसेको छ । यी पहिरोको अध्ययन जरुरी रहेको उनले बताए । ‘ठूला आकारका पहिरो खस्नुको कारण पहिल्याउनुपर्ने हुन्छ । त्यो क्षमता हामीमा छैन । पहिरो खस्नुको मुख्य कारण पहिल्याउन भूगोल नै अध्ययन गर्न थालिएको हो । पहिरो किन गयो ? त्यसका कारण पहिल्याउने प्रयास हुनेछ । आगामी दिनमा पहिरो झर्नुबाट रोक्न सकिने भएकाले परामर्शदाताले उपाय निकाल्ने अपेक्षासहित अध्ययन थालिएको छ । त्यसबाहेक रोकथामको उपाय पनि पहिल्याइनेछ’, पन्तले भने ।
ठूलो वर्षाकै कारण हो वा भौगोलिक अवस्था कमजोर भएर पहिरा झरेको भन्ने कारण पहिल्याउन अध्ययन आवश्यक रहेको उनले बताए । ‘दीर्घकालीन सोच राखेर अध्ययन गर्न थालिएको हो । अध्ययनपछि पहिरोग्रस्त क्षेत्रमा सडकका पूर्वाधार निर्माणको काम अघि बढाइने उनले जानकारी दिए । ‘तत्कालै बलिया र ठूला आकारका संरचना त्यहाँ बनाउन भने मिल्दैन । अहिले बनाएर अर्काे वर्ष बग्ने अवस्था आउनुहुँदैन । त्यो थाहा पाउन पनि अध्ययन गर्नैपर्ने भएको छ’, उनले भने ।
सडकको पहिराको अध्ययनका लागि न्यू डाइमेन्सन इन्जिनियरिङ सर्भिसलगायत परामर्शदाता छनोटमा परेमा छन् । न्यू डायमेन्सनका कार्यकारी प्रमुख सञ्जीव पाण्डेका अनुसार बेंसीसहर आसपास र चामेसम्मका मुख्य पहिरोको अध्ययन गर्न विज्ञसहितको टिम परिचालन भएको छ । उनले भने, ‘त्यो खण्डमा झण्डै डेढ दर्जन ठाउँमा पहिरो झरेका छन् । तीमध्ये केही निकै भीषण आकारका छन् ।’
अहिले विशेषज्ञ टोलीलाई खटाएर ती स्थानमा पहिरा झर्नुको कारणबारे अध्ययन भइरहेको छ । भूगर्वविद्, भूक्षय विज्ञ, इन्जिनियरिङ जिओलोजिस्ट, जलस्रोतविज्ञलगायत टोली सहभागी छन् ।
‘के कारणले पहिरो खसेको हो । भिरालो नै भएर हो वा वर्षाका कारण वा भौगोलिक बनोट नै कमजोर भएर त्यो अवस्था आएको भन्ने थाहा पाउन अध्ययन गर्नुपर्छ । त्यो अध्ययन भइरहेको छ’, पाण्डेले भने, ‘अहिले पहिरा झरेको क्षेत्रलाई भविष्यमा कसरी जोगाउन सकिन्छ भनेर पनि अध्ययन आवश्यक छ । किनभने, भविष्यमा पनि यस्तै आकारको पहिरा जाने अवस्था भए रोकथामका लागि सावधानी अपनाउन सकिन्छ । पहिरो जान नदिन के गर्ने र त्यो ठाउँलाई कसरी बचाउने भनेर पनि अध्ययन हुनेछ ।’
उनका अनुसार ५० मिटर गहिराइसम्मको अवस्था पनि पहिल्याउने प्रयास हुनेछ । माटोको भारवहन क्षमता कमजोर भएर हो वा भीषण वर्षाकै कारण पहिरो झरेको भन्ने पत्ता लगाउन सकियो भने बल्ल भविष्यमा विकास निर्माण गर्न सहज हुने उनले बताए । ‘अर्काे वर्ष बाढी आउँदा त्यो बाटो थप क्षति नहोस् भनेर सचेत हुनुपर्नेछ किनकि सरकारले लगानी गर्दा पनि त्यहीअनुसार गर्नेछ’, उनले भने, ‘बालुवामा पानी हालेजस्तो अहिले लगानी गर्ने र अर्काे वर्ष बाढीमा बग्ने गरी क्षति हुन दिनुभएन ।’
आगामी दिनमा पहिरो झर्न नदिन अपनाउनुपर्ने रोकथामका विधि पनि यही अध्ययन टिमले थाहा पाउने उनको भनाइ छ । ‘कुन तरिकाले पहिरो रोक्न सकिन्छ भनेर पनि अध्ययन हुनेछ । तत्काललाई र दीर्घकालीन क्षति हुन नदिने उपाय पनि पहिल्याउनेछौं’, उनले भने ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले असारको बाढीपहिराले धेरै क्षति पुर्याएकाले अध्ययन गर्न जरुरी ठानेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘मनाङ प्रवेश नाकामा नै ठूलाका पहिरो झरेका छन् । ती पहिराको अध्ययन जरुरी छ’, आचार्यले भने, ‘पहिराको कारण पहिल्याउन सके आगामी दिनमा थप क्षति नहुन सक्छ ।’
उनका अनुसार कतिपय ठाउँमा पहिरोका कारणले बस्ती नै जोखिममा छन् । ती बस्तीलाई पहिराका कारणले भविष्यमा असर पर्ने कि नपर्ने भनेर पनि अध्ययनमार्फत समाधान गर्ने माध्यम पहिल्याउन आवश्यक रहेको उनको बुझाइ छ । केही वर्षअघि बगरछापमा पहिरा जाँदा त्यहाँको बस्ती दानाक्युमा सारिएको थियो । त्यस्तै अवस्था अब आउने देखिएको उनले बताए । ‘यहाँ पहिरो झरेर नदी थुनिने त्रास छ । वर्षामा पनि यहाँ पहिरो झरिरहन्छ । यहाँ सुक्खा अवस्थामा पनि पहिरो झर्छ । त्यही भएर पनि अध्ययन आवश्यक छ’, आचार्यले भने । रासस
एजेन्सी । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट बिहान प्रहरीले पक्राउ गरेको हो । गान्धीलाई प्रहरीले लखनाउमै रोक्न खोजेको थियो । सो क्रममा प्रहरी र कांग्रेस कार्यकताबीच झडप समेत भएको थियो । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा […]
कञ्चनपुर । कञ्चनपुरमा ६ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्रे गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ ।
राजमार्गको ६२ किमि क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्यसमेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ ।
पहिलो खण्डमा डोकेबजारदेखि बुटावारीसम्मको २० किमि लागि ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो खण्डमा बुटाबारीदेखि बेलडाँडीसम्मको २० किमि सडक निर्माणका लागि ४१ करोड र तेस्रो खण्डको २२ किमि सडकका लागि ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
बाबाहंस सिद्धिकी र शर्मा जेभीले राजमार्ग निर्माणको जिम्मा पाएका छन् । ‘०७३ मा राजमार्ग निर्माण कार्य सुरु गरी ०७६ भदौ मसान्तमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको थियो’, हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी पदम मडैले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा पर्ने रुख हटाउन अनुमति दिन एक वर्ष लगाएपछि पर्खनुप¥यो । त्यसपछि कोरोना भाइरसको महामारी फैलिएपछि काम अगाडि बढाउन विलम्ब भएको छ ।’
राजमार्गको सुरु बिन्दु डोके बजार क्षेत्रमा सडकको अधिकार क्षेत्रभित्र पर्ने रुख र घर हटाउन बारम्बार तोकता गर्दै आए पनि नहटाइँदा ३५ दिने सूचना जारी गरिएको उनले बताए ।
बेलौरीको पचुँइमा १ हजार ६०० मिटर राजमार्ग कालापत्रे भारतीय अवरोधका कारण अगाडि बढ्न सकेको छैन । विवाद चाँडो समाधान भए कालोपत्रे अगाडि बढ्ने सूचना अधिकारी मडैले जानकारी दिए ।
‘तीन वटै ठेक्काको म्याद सकिएको छ’, उनले भने, ‘पहिलो र दोस्रो सडक खण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको गत माघ महिनामै म्याद सकिएको छ । दोस्रो सडक खण्डमा काम गर्ने निर्माण कम्पनीको ठेक्का सम्झौताको म्याद जेठ महिनामा सकिएको छ ।’
कोभिडलाई दृष्टिगत गरी म्याद सकिएका निर्माण कम्पनीलाई ६ महिना विभागले काम गर्न म्याद थपे पनि सकिनै लागेको छ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीयको भनाइ छ ।
निर्माण कम्पनीलाई हुलाकी राजमार्ग आयोजनाले भने काम गरेको केही रकम भुक्तानी गर्न भने बाँकी रहेको छ । निर्माण कार्य अगाडि बढाउन विभागबाट परिपत्र नआएका कारण केही अप्ठेरो परेको आयोजना कार्यालयका कर्मचारी बताउँछन् ।
राजमार्ग आयोजना धनगढी कार्यालयका प्रमुख रामपुकार जैसवालले वर्षाको समय भएकाले यसबेला कालोपत्रे गर्ने कार्य गुणस्तरयुक्त नहुने हुँदा काम रोक्न लगाइएको बताए । वर्षाको समय सकिएपछि सडक कालोपत्रे सुरु हुने उनले जानकारी दिए ।
राजमार्गको कुल चौडाइ १२ मिटर छ । यसमा सात मिटर कालोपत्रे गर्ने र दायाँबायाँको अढाइ मिटर क्षेत्रमा ग्राभेल राख्ने योजना छ ।
राजमार्गका ५५ बढी ठाउँमा कल्भर्ट राख्ने र वाल निर्माण पूरा गरिएको छ ।
सडक कालोपत्रे पूरा नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । सडकको धुलो उडेर स्थानीयको घरभित्रै पस्न थालेपछि मर्कामा परेका हुन् । कालोपत्रे गरिएको सडक फुटेर केही ठाउँमा खाल्डाखुल्डी भएपछि आवागमनमा समेत अप्ठेरो परेको छ ।
पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हुलाकी राजमार्ग छ । ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको व्यापारीकरण गरी गरिबी निवारणमा सघाउ पु¥याउने उद्देश्यले राजमार्ग आयोजना सञ्चालन गरिएको बताइएको छ । राणाकालीन समयदेखि नै चिठीपत्र आदानप्रदान गर्न चलनचल्तीको बाटोलाई सडकमा परिणत गरी राजमार्गको रूपमा विकसित गरिन लागेको छ । रासस
काठमाडौं : काठमाडौं अहिले सुनसान छ। कोभिड १९ को संक्रमण रोक्न भन्दै गरिएको लकडाउनका कारण व्यस्त रहने शहर अहिले शान्त छ। गाडी गुडेका छैनन्। मानिसको हिँड्डुल पातलो छ। प्रदुषण ह्वात्तै घटेको छ। बेलाबेलामा परिरहेने पानीले शीतल बनाएको छ, काठमाडौंलाई। झरीपछि खुलेको छ आकाश।
यसैबीच शहरको मुख्य सडकका वरिपरि फूलेको वैजनी रंगका फूलले काठमाडौंलाई थप सुन्दर