बुटवल – सार्वजनिक ठाउँमा फोहर फाल्न रोक्नका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरघरमा स्टिकर टाँस्न थालेको छ। सरसफाइ अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्दै नगरपालिकाले फोहर जथाभावी फ्याँक्न रोक्नका लागि यस्तो अभियान चलाएको हो। प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो। नगरपालिकामा नियमित […]