काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची आएको भन्दै मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैंयाले बढाएको हो।
नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर कायम हुनेछ।
निगमले भारतबाट पट्रोलियम पदार्थको मूल्य बढेर आएको र निग...