रूपन्देहीमा स्थानीय तह निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ । स्थानीय तहसँगको समन्वयमा मतदाता नामावली अद्यावधिक गर्नेदेखि अन्य तयारी पूरा गरिएको निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए ।