शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ । बिहीवार मतदान स्थल र निर्वाचन केन्द्रहरुको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताए । उनले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिए । सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायत