महोत्तरी – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कर्मचारी व्यवस्थापनको काम जिल्लामा सकिएको छ। जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रका लागि चार हजार पाँच जना जनशक्ति परिचालन गरिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको हो। “जिल्लाका दुई सय ५८ मतदानस्थलका चार सय ९९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रसहित पाँच सय एकवटै […]