आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । जिल्लामा नेपाल प्रहरी एक हजार पाँच सय ८१, सशस्त्र प्रहरी सात सय ३९, नेपाली सेना चार सय ४०, म्यादी प्रहरी दुई हजार चार सय ९५ र राष्ट्रिय अनुसन्धान विभागबाट १९ जना गरी जम्मा पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी पर