सर्लाही – लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाकाे अवधिमा २४ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । दाेस्राे चौमासिकसम्म आइपुग्दा २८ करोड रुपैयाँमात्रै खर्च भएको नगरपालिकाका मेयर वासुदेव अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब १६ करोड ७८ लाख ८५ हजार रुपैयाँकाे बजेट आठौँ नगर सभाबाट पारित गरेको थियो । नगरपालिकालाई सङ्घीय सरकारबाट ६८ करोड २४ लाख २७ हजार, प्रदेश सरकारबाट एक करोड ८२ लाख ६४ हजार, राजस्व बाँड...