सन् २०२१ मा भारतमा १,६४,०३३ जनाले आत्महत्या गरेको र त्यसमध्ये २५.६ प्रतिशत दैनिक ज्याला गर्ने मजदुर रहेको तथ्याकंले देखाएको छ । नेसनल क्राईम रेकर्ड ब्युरो(एनसीआरबी)को पछिल्लो रिपोर्टका अनुसार सन् २०२१ मा कुल ४२,००४ दैनिक ज्याला गर्ने श्रमिकले आत्महत्या गरे ।तिनमा महिलाको सङ्ख्या ४२४६ रहेको तथ्याकंले बताएको छ । त्यस्तै स्वरोजगार वर्गका मानिसहरूमा पनि आत्महत्याको सङ्ख्या उच्च रहेको पाइएको छ । एनसीआरबीको रिपोर्टमा यो वर्गमा कुल २०,२३१ मानिसले आत्महत्या गरेको देखिएको छ, जुन कुल आत्महत्यामध