सल्यान : पाँच कक्षासम्म सञ्चालित विद्यालयमा शिक्षक पाँच छन्। तर तिनले पढाउनु पर्ने विद्यार्थी भने जम्मा तीन जना। धेरैलाई पत्यार नलाग्ला तर सल्यानको शारदा नगरपालिकामा रहेको एक विद्यालयको वास्तविकता यही रहेको छ।शारदा नगरपालिका ३ मा रहेको खड्कदेवी प्राथमिक विद्यालयमा पाँच शिक्षक र एक कार्यालय सहयोगी गरी ६ जना छन् तर विद्यार्थी जम्मा तीन जना। कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा यस शैक्षिक सत्रमा जम्मा १७ विद्यार्थी भर्ना भएका थिए तर नियमित भने जम्मा ३ जना रहेका छन्।बालविकासमा ३, कक्षा १ मा