सल्यान : पाँच कक्षासम्म सञ्चालित विद्यालयमा शिक्षक पाँच छन्। तर तिनले पढाउनुपर्ने विद्यार्थी भने जम्मा तीन जना। धेरैलाई पत्यार नलाग्ला तर सल्यानको शारदा नगरपालिकामा रहेको एक विद्यालयको वास्तविकता यही रहेको छ।शारदा नगरपालिका-३ मा रहेको खड्कदेवी प्राथमिक विद्यालयमा पाँच शिक्षक र एक कार्यालय सहयोगी गरी ६ जना छन्। तर विद्यार्थी जम्मा तीन जना।कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा यस शैक्षिक सत्रमा जम्मा १७ विद्यार्थी भर्ना भएका थिए तर नियमित भने जम्मा ३ जना रहेका छन्। बाल विकासमा ३, कक्षा १ मा ३,