गुरुकुल पाठशाला : एउटै कोठामा एकसाथ पढ्छन् कक्षा १ देखि ५ सम्मका विद्यार्थी

जुम्ला : जिल्ला सदरमुकाम खलंगास्थित चन्दननाथ मन्दिरको एउटा सानो कोठा। यो मन्दिरको कोठा मात्र होइन, गुरुकुल पाठशालाको कक्षा कोठा पनि हो, जहाँ पाँच वटा कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर एउटै शिक्षकसँग पढ्छन्।चन्दननाथ नगरपालिका– ५ मा पर्ने यो पाठशालामा एउटै कोठामा १ देखि ५ सम्मका विद्यार्थी पढ्छन्। कक्षा १ देखि ५ सम्म १४ छात्रा र १६ छात्र छन्। शिक्षक भने एकैजना– प्रधानाध्यापक विश्वराज उपाध्याय। कोठा मात्र नभई फर्निचर अभावमा विद्यार्थी भुइँमा ओछ्याएको कार्पेटमा बसेर पढ्ने गर्छ

सम्बन्धित सामग्री

शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम, कसरी सहभागी हुने

नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो । टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने जानकारी दिनुभयो । उहाँले समुहमा आवद्ध सबै विद्यार्थी र शिक्षकले एकआपसमा असीमित कुराकानी गर्न समेत सुबिधा रहेको बताउनुभयो ।