काठमाण्डाै - जुम्लामा ब्रेल लिपिमार्फत पढ्ने पाठ्यपुस्तकको अभाव भएको छ ।
जुम्लाको सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि पाठ्यपुस्तकको अभाव भएको हो ।
कात्तिक पहिलो हप्ता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो ।
अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को पुस्तक नआएकाले पढाइ प्रभावित भएको शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले कक्षा ११ को आइनपुगेको र कक्...