नेपालगन्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले वडाहरूमा शिविर सञ्चालन गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।