४४ प्रतिशतले बढ्यो थोक कर्जा प्रदायक लघुवित्तको मुनाफा

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु. १ अर्ब २२ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा ४४.२८ प्रतिशतले बढी हो। २०७८ चैत मसान्तमा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा वृद्धि भएको हो । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी रु. ३ अर्ब ८१ करोड र ब्याज खर्च रु. १ अर्ब ९६ करोड रहेको छ । समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रयमासको तुलनामा सामान्य वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्ममा खुद मुनाफा रु. ७ अर्ब ९७ करोड रहेकोमा १.१८ प्रतिशतले वृद्धि भई यस आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ८ अर्ब ६ करोड पुगेको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ब्याज आम्दानी रु. ३९ अर्ब १५ करोड र ब्याज खर्च रु. १९ अर्ब ३० करोड रहेको छ । यस अवधिमा सञ्चालित ६१ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये २ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ । 

सम्बन्धित सामग्री

१७ प्रतिशतले बढ्यो साना किसान लघुवित्तको खुद नाफा, ४५ रुपैयाँ ईपीएस

आर्थिक वर्ष ७८/७९ मा साना किसान लघुवित्तको खुद नाफा १७.४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ६० करोड ३१ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ७० करोर्ड ८३ लाख पुगेको हो ।यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४३ करोड ८८ लाख रहेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ ।समिक्षा अवधिमा कम्पनीको सापटी २४.५३ प्रतिशतले बढेर १६ अर्ब ३० करोड पुगेको छ भने कर्जा प्रवाह २२.७३ प्रतिशतले बढेर २९ अर्ब ३१ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ०.६८ प्रतिशत रहेको छ । १ अर्ब ५६ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २ अर्ब ६० करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४५ रुपैयाँ २८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ ।

ग्लोबल आइएमई लघुवित्तको सञ्चालन मुनाफा २६ % बढ्यो

वैशाख ५, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को चैत मसान्तसम्म ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धि भएको छ । कम्पनीले सोमवार सार्वजनिक गरको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको सञ्चालन मुनाफा २६ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले तेस्रो त्रैमाससम्ममा ३२ करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा २५ करोड ७९ लाख रूपैयाँ आर्जन गरको थियो ।  तर, कम्पनीको खुद नाफामा भने कमी आएको छ । चालू आवको तेस्रो त्रैमासम्ममा यो कम्पनीले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नाफा ३ प्रतिशत कम हो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ५१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा २७ करोड ८१ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ४२ करोड ६ लाख रुपैयाँ कायम भएको छ ।  कम्पनीको खराब कर्जा १ दशमलव ९८ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) ४९ दशमलव ४२ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १३ पैसा छ ।  हाल कम्पनीको चुक्तापूँजी ५५ करोड २५ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ६७ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ३३ करोड ८ लाख रुपैयाँ थियो ।

आँधीखोला लघुवित्तको खुद नाफा ३६.६८ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा आँधीखोला लघुवित्तको खुद नाफा ३६.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ करोड ८० लाख रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेर २ करोड ४६ लाख पुगेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ९९ लाख रहेको छ । कम्पनीको संचालन मुनाफा भने २ करोड १४ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीले ६३ करोड ९७ लाख सापटी लिएको छ भने ४२ करोड २८ लाख निक्षप संकलन गरेको छ । त्यस्तै कम्पनीले १ अर्ब २२ करोड लार्ज प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा ४.३१ प्रतिशत रहेको छ । १० करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ८ करोड ५३ लाख रहेको छ ।कम्पनीको प्रति शेयर आम्दानी ४९.२६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १८५.३६ रुपैयाँ , र तरलता अनुपात ४.२४ रहेको छ । नेप्सेमा भने कम्पनीको कारोबार रोक्का छ ।

५०.५ प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा, ईपीएस ११०.९७ रुपैयाँ

अचालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा महिला लघुवित्तको खुद नाफा ५०.५ प्रतिशतले बढेको छ । कम्पनीले आघिल्लो आर्थिक वर्षको यहि अवधिमा ५ करोड ४३ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुदनाफा बढेर ८ करोड १८ लाख पुगेको हो ।कम्पनीको ९ करोड राइट ब्याकपछि संचालन मुनाफा घटे पनि खुद नाफा भने बढेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढेर १४ करोड ४९ लाख पुगेको छ ।कम्पनीको सापटी २९.९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड पुगेको छ भने कम्पनीको कर्जा प्रवाह ३८.९४ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । त्यस्तै निक्षेप ४३.५७ प्रतिशतले बढेर १ अर्ब १२ करोड पुगेको छ ।१४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २३ करोड १७ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दान ११०.९७ रुपैयाँ , प्रति शेयर नेटवर्थ २५७.१३ रुपैयाँ र पीई रेसियो ३३.१६ रुपैयाँ रहेको छ ।

१२२ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको खुद नाफा

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले रु. ३५ करोड ४८ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १२२.०८% ले बढी हो ।समीक्षा अवधिमा लघुवित्तको गत आ.व को सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९९.१२%, अन्य सञ्चालन आम्दानी ११०.३४% र सञ्चालन मुनाफा १८३.७३ % ले बढेको छ । त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १७.५३ %, जगेडा कोष १७१.१६%, बैँक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८%, ले बढेको छ । नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।संस्थाले समीक्षा अवधिको १ बर्षको दौरानमा करिब १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै करिब १५८.८४% को बार्षिक विन्दुगत बृद्धि हाँसिल गरेको छ । बित्तीय संस्थाले दोसो त्रैमास सम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब १३ करोड ४१ लाख पु¥याउन सफल भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) बार्षिक २४.२२% रहेको छ भने बार्षिक रु. ४०.७७  प्रति शेयर आम्दानी आर्जन गर्न सफल रहेको छ जुन गत आ.व को सोही अवधिको तुलनामा लघुवित्तको प्रति शेयर आम्दानी ८८.८४% ले बढी हो ।बित्तीय संस्थाले यो त्रैमास सम्ममा संस्थाले बचत परिचालन तर्फ रु.३ अर्ब २० करोड ८० लाख पु¥याउन सफल भएको छ । बित्तीय संस्थाले लघुकर्जा असुलीमा निकै आक्रमक भई उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जालाई ०.९७ % मा सिमित राख्न सफल भएको छ ।वित्तीय संस्थाले ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

१९३ प्रतिशतले बढ्यो मिर्मिरे लघुवित्तको खुद नाफा, इपिएस ५८.६२ रुपैयाँ

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  को खुद नाफा १९३.३२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ४५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ६ करोड ३७ लाख पुगेको हो ।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशतले बढेर १३ करोड ३३ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा पनि १९३.३२ प्रतिशतले बढेर १० करोड १२ लाख पुगेको छ  । कम्पनीको सापटी २ अर्ब ८३ करोडबाट बढेर ५ अर्ब ४६ करोड पुगेको छ  । त्यस्तै कर्जा प्रवाह ७४.५० प्रतिशतले बढेर ८ अर्ब ११ करोड पुगेको छ। ४३ करोड ५० लाख चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा ४१ करोड १७ लाख रहेको छ  । कम्पनीको प्रति शेयर आम्दानी ५८.६२ रुपैयाँ र प्रति शेयर नेटवर्थ १९४.६५ रुपैयाँ रहेको छ ।

साधना लघुवित्तको खुद नाफा ८८ प्रतिशतले बढ्यो, ईपीएस ५१.२२ रुपैयाँ

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा साधना लघुवित्तको खुद नाफा ८८.३० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७४ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३ करोड २९ लाख पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख पुगेको छ । कम्पनीको नाचालन मुनाफा ५८९.२७ प्रतिशतले बढेर ४ करोड ९३ लाख पुगेको छ।  यस अवधिमा कम्पनीको कर्जा प्रवाह ६९.९५ प्रतिशतले बढेर ३ अर्ब ८५ करोड पुगेको छ भने  सापटी ४८.५८ प्रतिशतले बढेर २ अर्ब ८८ करोड पुगेको छ। यस अवधिमा कम्पनीको निक्षेप ७१.३३ प्रतिशतले बढेर ९३ करोड ६३ लाख पुगेको छ । चुक्ता पुंजी २५ करोड ६९ लाख रहेको लघुवित्तको रिजर्भमा १६ करोड २१ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ५१ रुपैयाँ २२ पैसा, खराब कर्जा १.६० प्रतिशत, र प्रति शेयर नेटवर्थ १६३.१० रुपैयाँ रहेको छ ।

किन बढ्दै छ लघुवित्तको मुनाफा

नियामक निकाय, लगानीकर्ता र सम्बद्ध पक्षको लघुवित्त वित्तीय संस्थाहरूको खुद मुनाफातर्फ केन्द्रित रहेको देखिन्छ । गत आर्थिक वर्ष २०७६/७७ देखिनै विश्वलगायत नेपालमा समेत कोरोना १९ को महामारीले उद्योगधन्दा, कल कारखाना, लघु उद्यम, ससाना व्यवसायदेखि ठूलाठूला उद्योगलगायत व्यवसायमा नराम्ररी असर गरेको अवस्था छ । दूरदराजसम्म वित्तीय पहुँच पुर्‍याउने लघुवित्त संस्थाहरूको आर्थिक गतिविधिमा समेत महामारीका कारण व्यवसायमा संकुचन आएको छ । संस्थाको योजनाअनुसारको कार्यक्रमहरू सञ्चालन गर्न कठिनाइ भएको छ । यसो हुँदाहुँदै पनि किन आव २०७७/७८ को वित्तीय विवरणअनुसार लघुवित्त संस्थाहरूको मुनाफा आक्रामक रूपमा वृद्धि भएको समाचारहरू आइरहेका छन् र यसतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ । सरसर्ती विश्लेषण गर्दा बैंक तथा वित्तीय संस्थाको आर्थिक गतिविधिमा संकुचन आए तापनि विगतको तुलनामा कारोबार आकारको दृष्टिकोणले वृद्धि भएरै गएको पाइन्छ । यसो हुनुमा मूल्य वृद्धि, आर्थिक गतिविधिको दायरा, सदस्य वृद्धि, मुद्रास्फीति, सदस्यको व्यवसायको आकार आदि जस्ता कारणले वित्तीय कारोवार वृद्धि हुनुमा प्रभाव पारेको हुन सक्छ । कुनै सदस्यले विगतमा गरेको कारोबारलाई दोहोह्राएर कारोबार गर्दा उसको व्यवसाय वा मागमा वृद्धि हुन सक्छ । लघुवित्तको पहिलो ध्यान सदस्य वृद्धि नै हो । भइरहेका सदस्यमध्ये पनि कति सदस्यहरू आर्थिक क्रियाकलापमा संलग्न छन् वा कर्जा कारोबार गर्छन् र कारोबार वृद्धिमा अहं भूमिका कर्जा कारोबार गर्ने सदस्यले ओगटेको हुन्छ । साथै कर्जा प्रवाहको हिसाबले प्रतिऋणी सदस्य गत आवको तुलनामा कति वृद्धि भएको छ । यो भन्नु भनेको औसतमा प्रतिकर्जाग्राहीमा कर्जा भार कति छ र कसरी वृद्धि भएको छ, यो वित्तीय विवरणमा आउने गर्दैन । प्रतिसदस्य कर्जाको भार वृद्धि तुलनात्मक रूपमा आक्रामक रहेको छ भने त्यो जोखिमपूर्ण हुन्छ । लघुवित्तमा ससानो कर्जा लगानी नै मुख्य रूपमा यसको विशेषता हो । सामान्यतया कुल सदस्यको तुलनामा कर्जा कारोबार गर्ने सदस्यको वृद्धिले पनि कर्जा प्रवाहमा महŒव राख्छ । सन् २०२० को अक्टोबरमा नेपाल राष्ट्र बैंकबाट गरिएको अध्ययनअनुसार कोभिड–१९ को असरले लघुवित्तका करीब ७० प्रतिशत कर्जाग्राहीले आफ्नो कर्जाको किस्ता बुझाउन नसकेको देखाएको छ । साथै खराब कर्जाको प्रवाह वृद्धि भएको, खराब कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भई खर्चको आकारमा वृद्धि भएको, कर्मचारीहरू कोभिड–१९ को असरमा परी लामो समय फिल्डमा परिचालन हुन नसकेको, सदस्यहरूको व्यवसाय जोखिममा परेको वा सञ्चालन हुन नसकेको, धेरै शाखा लामो समय बन्द गर्नु परेको जस्ता कारणले लघुवित्तका क्षेत्रमा नराम्ररी असर गरेको बताइन्छ । यसो हुँदाहुँदै आव २०७७/७८ को वित्तीय विवरणअनुसार लघुवित्त संस्थाहरूको खुद मुनाफा वृद्धि भएको कारण लघुवित्तमा कहाँनेर नीतिगत व्यवस्था वा कमीकमजोरी छ अथवा किन यसो भयो भनी चासो बढेको देखिन्छ । आव २०७६/७७ को खराब कर्जाको प्रभाव ठूलो आकारमा रहेकोले कर्जा नोक्सानीको आकार समेतमा वृद्धि भएको हुन सक्छ । यसरी हेर्दा आव २०७७/७८ मा उक्त खराब कर्जा ठूलो परिमाणमा असुल गर्न सकेको अवस्थामा कर्जा नोक्सानी खर्च घट्नु र आम्दानीमा वृद्धि हुनु दुवै परिणाम भएको हुन सक्दछ । महामारीमा कर्मचारीको आकारमा संकुचन गरी अथवा सेवासुविधामा कटौती गरी खर्चको आकार घटाएको हुन सक्ने अवस्था पनि रहन्छ । केही लघुवित्त संस्थाहरूले यसै अवधिमा आफ्नो शाखाहरू विस्तार गरी वा नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनबमोजिमको सीमाभित्र धितो कर्जामा वृद्धि गरेको, कर्जाको पुनर्तालिकीकरण गरी कर्जा नोक्सानी व्यवस्था घटाएको, कर्जाको सीमा वृद्धि गरी प्रतिसदस्य कर्जाको आकारमा वृद्धि गरेको जस्ता बुदाँहरू मसिनो गरी विश्लेषण गर्न आवश्यक छ । साथै संस्थाको कार्यक्रम तथा बजेटमा लिइएको नीति र कार्यक्रम अनुसार तुलनात्मक रूपमा कति प्रतिशतले भनेबमोजिमको कार्यहरू गरेको छ वा सन्दर्भको फरक कति निकट छ केलाउनु जरुरी हुन्छ । यसभित्र लगानी, असुली, कर्मचारी दरबन्दी/परिपूर्ति, आम्दानी/खर्चको अनुमान र सञ्जालको विस्तारले महत्त्व राख्छ । नीतिगत रूपमा व्यवस्था भएको भन्दा कार्यक्रममा ठूलो अन्तर रह्यो भने पनि यसको प्रभाव पर्ने हुन्छ । धेरै संस्थामा सामान्यतया जनशक्ति व्यवस्थापनको कमीकमजोरीले संस्थाको आम्दानी खर्चमा असर गर्ने गरेको पाइन्छ । श्रम ऐनले निर्धारण गरेबमोजिम न्यूनतम पारिश्रमिक उपलब्ध नगराएको, लामो अवधिसम्म करार, अस्थायी रूपमा कर्मचारीलाई राखेको, आम्दानी स्रोतको तुलनामा तल्लो स्तरका कर्मचारीहरूलाई पारिश्रमिक दिन कन्जुस्याइँ गरेको, सूचना प्रविधिमा खर्च गर्न नसकेको, दरबन्दीबमोजिम कर्मचारी पदपूर्ति नगरी आम्दानीमा वृद्धिजस्ता कारण पनि संस्थाको आम्दानीको आकारमा वृद्धि भएको हुन सक्छ । यसका अतिरिक्त ब्याजदरको स्प्रेड, बैंक तथा वित्तीय संस्थाबाट उपभोग गरेको बाह्य कर्जाको ब्याजदर तथा आकार, तरलता व्यवस्थापनजस्ता नीतिगत बुँदाहरूमा समयसापेक्ष समीक्षा गरी परिवर्तन गर्न आवश्यक हुन्छ । भर्खरै भएको अर्थ समितिको सुझावअनुसार वित्तीय प्रणालीमा रहेको स्रोतसाधनलाई आर्थिक वृद्धि, स्वदेशी उद्यमशीलता प्रवर्द्धन र रोजगारी सृजना हुने उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न मौद्रिक नीतिको प्राथमिकता केन्द्रित गर्ने र वित्तीय स्थायित्व कायम गर्नेतर्फ समेत नीतिगत व्यवस्था गर्न सुझाएको छ । यस अर्थमा वित्तीय पहुँच राख्ने लघुवित्त संस्थाहरूलाई न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्न, ब्याजदरको स्प्रेड विश्लेषण गरी कायम गर्न वा गरीबमुखी लघुवित्त कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कर्जाको ब्याजदर हाल रहेको ब्याज सीमा घटाउन तथा लघुउद्यमीको लक्ष्य निर्धारण गरी सोको सूचना प्रणालीमा समेत व्यवस्था गर्न नीतिगत व्यवस्था गर्न सके लघुवित्त वित्तीय संस्थाको प्रभावकारिता तथा तुलनात्मक रूपमा नाफा नोक्सानको भूमिकामा सम्बद्ध सबैको चासोभन्दा लघुवित्तले पुर्‍याएको योगदानमा केन्द्रित हुने आंकलन गर्न सकिन्छ । लेखक सिभिल लघुवित्त वित्तीय संस्थाका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।