मार्जिन कारोबारका लागि नेप्सेले छान्यो ८७ कम्पनी, योग्य ठहरिएकामध्ये सबैभन्दा धेरै लघुवित्त

काठमाडौं। मार्जिन कारोबारको लागि ८७ सूचीकृत कम्पनी योग्य ठहरएका छन्। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सोमबार सार्वजनिक गरेको मार्जिन कारोबार योग्य

सम्बन्धित सामग्री

लघुवित्त र सहकारीपीडितलाई न्याय दिन म सक्रिय छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएक छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर […]

सात लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त कम्पनीहरूमध्ये हालसम्म सात कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमध्ये १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स र एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । धौलागिरी लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश छ । त्यस्तै फर्ष्ट माइक्रोफाइनान्सले ७ दशलमव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नै नगद लाभांश छ ।  त्यस्तै एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारितका लागि कम्पनीले पुस ३ गते साधारण सभा बोलाएको छ ।  स्वावलम्बन लघुवित्तले गत आवको मुनाफाबाट १२ दशमलव ३५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव मङ्सिर १५ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ ।  सपोर्ट लघुवित्तले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कुन लघुवित्तको लाभांश कति ?

झन्डै २७ अङ्कले घटेर नेप्से १९ सय विन्दुभन्दा तल, लघुवित्त समूह राताम्मे

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ८५ अङ्कले घटेर १ हजार ८ सय ८८ दशमलव ३० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेकाे दिन २ सय ५९ वटा कम्पनीका ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६१ करोड रुपैयाँको शेयर किनबेच भयो । आज जालपा सामुदायिक लघुवित्त, जीवन विकास लघ...

शेयर बजारमा उच्च गिरावट

सबै समूह राताम्मे रहँदा विकास बैंक र लघुवित्त समूह सबैभन्दा उच्च १ सय २५ अंकले झरे । दुवै बीमा समूह पनि सय अंक बढीले ओरालो लागे । अरु पनि अधिकांश समूह दोहोरो उच्च अंकले घटे ।

साताभरमा नेप्से १६६ बिन्दुले बढ्यो: लगानीकर्ताको आत्मबल फर्केको संकेत

साताभरमा सबैभन्दा धेरै सेयर मूल्य जीवन र निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, होटल तथा पर्यटन उपसूचकहरूको कारोबार धेरै भएको थियो।...

पूँजी संरचना मिलाउन एफपीओ निष्कासन गर्दै तीन लघुवित्त

फागुन २६, काठमाडौं । पूँजी संरचना मिलाउन तीनओटा लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छन् । नेप्सेमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेका हुन् ।  जसमा किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । निवेदन दिएका तीन कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछन् ।  तीन कम्पनीमध्ये सबैभन्दा बढी किसान लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । यो कम्पनीले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि बोर्डमा गत असार २९ गते निवेदन दिएको हो । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।  त्यसैगरी नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा  ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  त्यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशलमव ८ मा ५१ हजार ३१६  कित्ता एफपीओ निष्कासन गर्न कात्तिक २३ गते निवेदन दिएको छ । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ ।

लघुवित्तको लाभांश घोषणा : महिलाको सबैभन्दा धेरै, एनआईसीको कमजोर !

६ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही लघुवित्त वित्तीय संस्थाले त साधारण सभा बोलाएर घोषित लाभांश पारित समेत गराइसकेका छन् । लाभांश घोषणा गरेका संस्थाहरुमध्ये धेरेले ‘क’ वर्गका वाणिज्य बैंकहरूभन्दा आकर्षक लाभांश शेयरधनीहरुलाई दिने घोषणा गरेका छन् । सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाले […]

१५ ओटा लघुवित्त कम्पनीद्वारा लाभांश प्रस्ताव : सबैभन्दा बढी स्वाभिमान लघुवित्तको

असोज २१, काठमाडौं । लाभांश प्रस्ताव सिजन शुरु भएको छ ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)  मा  सूचीकृत कम्पनीहरुले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।   नेप्सेमा सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १५ ओटा कम्पनीले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । ती १५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र १ दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  त्यसैगरी, दोस्रोमा सबैको लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यी १५ ओटा कम्पनीमध्ये एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भने नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  त्यसैगरी, लाभांश प्रस्ताव गरेका १५ ओटा कम्पनीमध्ये डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभासमेत आह्वान गरेको छ । कम्पनीको सभा असोज २३ गते शनिवार हुँदैछ । सभा बिहान ११ बजे चितवन गार्डेन रिसोर्ट भरतपुर, चितवनमा हुने जानकारी गराएको हो ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस  आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।  २०औं साधारण सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग सहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले यो विषय राष्ट्र बैंकलाई जानकारी गराएको छ ।  सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियराी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।  लाभांश प्रस्ताव गरेका १५ ओटा कम्पनीहरुले अघिल्लो वर्षको लाभांशभन्दा यसवर्ष लाभांश बढी दिएका छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।                                                            स्रोत : कम्पनीले सार्वजनिक गरेको सूचना

५ ओटा लघुवित्त कम्पनीले गरे लाभांश प्रस्ताव, सबैभन्दा बढी साधना लघुवित्तको

असोज १, काठमाडौं । हालसम्ममा गत आवको मुनाफाबाट पाँच ओटा लघुवित्त कम्पनीहरुले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  साधना लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय सस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाले २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यी पाँच ओटा कम्पनीले लाभांश गत वर्षभन्दा यस वर्ष बढाएका छन् । साधना लघुवित्तले पनि अघिल्लो आवमा १८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।  त्यसैगरी स्वरोजगार लघुवित्तले पनि गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यी पाँचओटै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।                                              स्रोत : कम्पनीद्वारा सार्वजनिक गरिएको सूचनामा आधारित

सेयर बजारमा लघुवित्तको हाबी

काठमाडौं। आज बजारमा कारोबार भएमध्ये सबैभन्दा धेरै मूल्य बढ्ने अधिकांश लघुवित्त कम्पनीहरु अग्रपंतिमा देखिएका छन्। नेप्सेका अनुसार सबैभन्दा धेरै मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त रहेका छन्। यसैगरी सबैको लघुवित्त र सिभिल लघुवित्त ८/८ प्रतिशतले वृद्धि हुदा सामुदायिक र मिथिला र आशा लघुवित्त ४÷४ प्रतिशतले बढेको नेप्सेले बताएको हो।