झापा – बिर्तामोड नगरपालिकामा आएको सरकारी गाडीमा नमूना मतपत्र भेटिएपछि विवाद भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाको गाडीमा नमूना मतपत्र भेटिएपछि त्यहाँ विवाद भएको हो। मतपत्र भेटिएपछि बिर्तामोड नगरपालिका अगाडि गठबन्धनका कार्यकर्ताले गाडी रोक्दा हुलदंगा भएको छ। सो गाडीलाई प्रहरीले कडा सुरक्षा दिएको छ। अहिले बिर्तामोड नगरपालिका अगाडि नेपाली प्रहरी, सशस्त्र प्रहरीको संख्या बढाइएको छ। […]