काँधमा हलो बोकेर जनकपुरमा किसानहरूको महार्‍याली

सीके राउत नेतृत्वको जनमत पार्टीको आह्वानमा शुक्रवार जनकपुरमा किसानहरूले महार्‍याली निकालेका छन् ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुरको रामानन्द चोकबाट र्‍याली शुरू भएको हो ।  काँधमा हलो बोकेर आन्दोलनकारी सडकमा आएका छन् । किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मलखाद र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा किसानलाई आन्दोलनमा उतारेको छ ।  राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेपछि विभिन्न स्थानमा झडपको स्थिति उत्पन्न भएको थियो ।  ...

सम्बन्धित सामग्री

जनकपुरमा कपकपाउँदो जाडो...

रातभर चिसो हावा चलेको र बिहानैदेखि ओस परिरहेका कारण जनकपुरमा कपकपाउँदो जाडो महसुस गरिएको छ।

जनकपुरमा कपकपाउँदो जाडो...

रातभर चिसो हावा चलेको र बिहानैदेखि ओस परिरहेका कारण जनकपुरमा कपकपाउँदो जाडो महसुस गरिएको छ।

खराब माैसमका कारण काठमाडौँ आउनुपर्ने विमान जनकपुरमा अवतरण

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरकाे विमान जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौँ आउन नसकेपछि जनकपुरमा अवतरण गरेको हो ।बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो ।बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो । हवाई सुरक्षाका नयाँ नियम अनुसार इनरूट (बाटाेमा पर्ने रुट)मा खराबी भए पनि विमान उडाउन पाइँदैन ।

बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाण्डाै - बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ । मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि हुनुहुन्छ । जनकपुरमा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।

जनकपुरमा बागीले जित्‍ने रेकर्ड छ, यो तोड्नुपर्छ यस पटक : रामचन्द्र पौडेल

जनकपुरधाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरमा यसपटक  गठबन्धनका उम्मेदवारलाई जिताएर नयाँ रेकर्ड राख्नुपर्ने बताएका छन्। जनकपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्। ‘जनकपुरमा बेलाबेला बागीले जित्‍ने रेकर्ड छ। यो रेकर्ड तोड्नुपर्छ यसपटक,’ पौडे‍लले भने।   जनकको जन्मभूमि, सीताको जन्मभूमि यो जनकपुर भएको शान्तिभूमि र…

बैंकर शाह जनकपुरमा ई–रिक्सा चलाउँदै

जनकपुर, २० फागुन । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह जनकपुरमा नेपालको चर्चीत ब्यान्ड कुटुम्बका सदस्यलाई बसाएर ई–रिक्सा चलाउदै । उनी जनकपुरमा जारी साहित्य महोत्सबमा भाग लिन त्यहाँ पुगेका हुन् । तस्विरः अमित कुमार

बजाजको नयाँ शोरुम जनकपुरमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्स सञ्चालनमा ल्याएको छ ।बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई डिलरसीप प्रदान गरिएको छ ।ग्राहकहरूले खरिद […]

बजाजको नयाँ शोरुम अब जनकपुरमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम संचालनमा ल्याएको छ । यस […]

एनआरएनएले जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सक्रियतामा जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न भएको छ। एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन्। यस्तै, कोरोना संक्रमण बढेपछि गैरआवासीय नेपाली संघले दुई करोड मूल्य बराबरको एक सय थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाउने निर्णयसमेत गरिसकेको छ।