बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाण्डाै - बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ । मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि हुनुहुन्छ । जनकपुरमा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।   

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : बालेन उदयको अर्थ

काठमाडौं । वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन हुँदासम्म बालेन्द्र (बालेन) साह एकजना सामान्य उम्मेदवार मात्र थिए । कुनै राजनीतिक दलको सदस्यविना उम्मेदवार बनेकाले उनले चुनाव जित्लान् भनेर उनका प्रतिस्पर्धी मात्र नभई निर्वाचनको सूक्ष्म रूपमा विश्लेषण गर्नेहरूले समेत भेउ पाउन सकेका थिएनन् । निर्वाचन अघिसम्म उनी धेरैको नजरमा परेका थिएनन् भन्ने कुरा किन पनि पुष्टि हुन्छ भने त्यतिबेलासम्म (वैशाख ३० सम्म) अधिकांश सञ्चार माध्यमको ‘कभरेज’ मा उनी पछि नै देखिन्छन् । एकातिर सत्तारुढ ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंह र अर्कोतर्फ यसअघि नै २ पटक महानगरको मेयर भइसकेका प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका केशव स्थापितसँगको प्रतिस्पर्धामा बालेन टिक्छन् भन्नेमा धेरैलाई शंका थियो । बालेनको सफलता महानगरपालिकामा जब मतगणना शुरू भयो, त्यसयता बालेन अग्रस्थानमा छन् । यही गति कायम राखे उनले चुनाव जित्नेमा कुनै शंका छैन । यो आलेख तयार पार्दासम्म उनले निकटतम प्रतिस्पर्धीभन्दा फराकिलो मत अन्तरले अग्रता लिइरहेका छन् । उनले प्राप्त गरिरहेको मत देख्दा यसअघि उनलाई नपत्याउने प्रतिस्पर्धीहरू चुप लाग्ने अवस्थामा पुगेका छन् । वडा तहमा कांग्रेस, एमालेकै उम्मेदवारले बढी मत पाउँदा समेत मेयरमा बालेनले नै ‘लिड’ गरिरहेका छन् । बालेनले के जादु गरे र यस्तो अवस्था आयो ? उत्तर सहज छ– यो अवस्था बालेनले सृजना गरेका होइनन् । यो त सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षले तयार पारेका हुन् । यी दलहरूले लोकतान्त्रिक संस्कारअनुसार राजनीतिक पद्धति र उम्मेदवार छनोट गर्न सकेको भए एउटा आस्था र समूहमा चल्ने विश्वास गरिने दलहरूले अघि सारेका उम्मेदवारका सामुन्ने संगठन नभएको जो सुकै व्यक्तिको उचाइ एकाएक यति धेरै बढ्ने थिएन । परिवर्तन खोजेकै कारण काठमाडौंमै यसअघिको स्थानीय तहको निर्वाचनमा साझा र विवेकशील पार्टीका उम्मेदवारले सम्मानजनक र प्रतिस्पर्धी मत पाएका  थिए । तर, त्यो बेला ती दल एउटा संगठनमा आबद्ध भइसकेकाले अहिलेको भन्दा अवस्था केही सहज थियो । प्रजातान्त्रिक शासन पद्धतिमा जनताले खोजेको परिवर्तन र जनताका मुद्दाको सुनुवाइ राजनीतिक दलहरूले गर्नुपर्छ । राजनीतिक दलहरूको यथास्थितिवाद काठमाडौं महानगरको मेयरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले उठाएका उम्मेदवार लामो समयदेखि राज्य संयन्त्रमा जोडिएकाहरू हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी सिंह त झन् कांगे्रेसका संस्थापकमध्ये एक गणेशमान सिंहकी बुहारी र उनका छोरा तथा कांग्रेस नेता प्रकाशमानकी पत्नी हुन् । केही महीनाअघि सम्पन्न कांग्रेस महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रकाशमानले समर्थन गरेका कारण यसपटक सिर्जनालाई मेयरको टिकट दिइएको चर्चा छ । त्यस्तै एमालेका स्थापितले टिकट पाउनु पनि पद्धति र प्रणालीभन्दा नेतृत्वलाई खुशी पार्दाको परिणाम हो भन्ने नबुझ्ने महानगरका मतदाता कमै होलान् । राजनीतिक दलहरूको यही रवैयाले यसपटक बालेनलाई अघि बढ्ने मौका मिल्यो । हामीले जुन देशको राजनीतिक संस्कार र पद्धति अवलम्बन गरेका छौं त्यस्तै पद्धति अंगीकार गरेका मुलुकमा हुने निर्वाचनमा उम्मेदवार छनोट गर्दादेखि नै व्यापक छलफल हुन्छ । उम्मेदवार किन बन्ने र बनेपछि के गर्ने भन्ने प्रस्ट दृष्टिकोण नभएसम्म उम्मेदवार बन्ने अवसर प्राप्त हुँदैन । नेपालमा भने सके आफू सम्बद्ध पार्टीको उपल्लो तहमा रहेको व्यक्ति, नभए टिकट वितरणको हैसियत राख्ने नेतालाई खुशी पारेकै भरमा उम्मेदवार बनाउने अभ्यास बढ्दै जाँदा जनता नयाँ उपायको खोजीमा पुग्छन् भन्ने बालेनले पाइरहेको मतबाट देखिन्छ । संघीय राजधानी काठमाडौंमा मात्र नभई सुदूरपश्चिम र मधेश प्रदेशको  प्रादेशिक राजधानी रहेका क्रमश: धनगढी र जनकपुरमा पनि स्वतन्त्र उम्मेदवारले राम्रो मत प्राप्त गरिरहेका छन् । ती स्थानमा पनि स्वतन्त्र उम्मेदवार विजयी हुने सम्भावना उत्तिकै छ । वर्षौंको इतिहास बोकेका राजनीतिक दलका सामुन्ने चुनावअघि मात्र आफूलाई उम्मेदवारको रूपमा चिनाएका व्यक्तिले प्रतिस्पर्धा गर्ने हैसियत बनाउनुले दलहरूको संस्कार, सोच र कार्यशैली परिवर्तन आवश्यक छ भन्नेमा अब कुनै द्विविधा रहेन । राजनीतिमा सधैं एउटै व्यक्ति, आफन्त तथा खर्च गर्न सक्नेको मात्र पालो हुँदैन है भन्नेमा जनता सचेत हुँदै गएको पुष्टि गर्न बालेनहरूको लोकप्रियतालाई उदाहरणको रूपमा लिन सकिन्छ । यस्ता उदाहरणबाट नेपालको राजनीतिक प्रणाली र खासगरी जनताको विवेकप्रति सकारात्मक आशा गर्ने ठाउँ रहेछ भन्ने पुष्टि हुन्छ । स्वतन्त्रलाई काम गर्न कत्तिको सहज ? काठमाडौंलगायत देशका विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले राम्रो नतीजा प्राप्त गर्दै गर्दा राजनीतिक दलका कतिपय नेताहरू भन्ने गर्छन्– एउटा व्यक्तिले चुनाव जित्दैमा के फरक पर्छ र ? उनीहरू यतिसम्म भन्ने गर्छन् कि स्वतन्त्र रूपमा चुनाव जितेकाले कामै गर्न सक्दैनन्, त्यसैले केही वर्षमै पुन: जनता राजनीतिक दलमै फर्कन्छन् । उनीहरूका यस्ता तर्क केही हदसम्म सही पनि छन्, किनकि तिनै राजनीतिक दलहरूले बनाएको नियम, कानूनमा टेकेर एउटा व्यक्तिले अहिलेको संरचनामा खासै काम गर्न सक्दैन । तर, राजनीतिक दलहरूले आफूलाई सुधार नगर्ने हो भने अबका निर्वाचनमा स्वतन्त्रहरूकै समूहले चुनाव जित्ने वा हारे पनि जनताको धेरै मत ल्याउने अवस्था नहोला भन्न सकिँदैन । स्वतन्त्र रूपमा विजयी भएकाले फरक ढंगबाट काम गर्न भित्री संरचनाको भन्दा आफूलाई मतदान गर्ने जनता र विज्ञहरूको सहायता लिन सक्छन् । विज्ञ र मतदाताको विचार र क्षमता प्रयोग गर्न सक्ने हो भने राजनीतिक दलको तर्फबाट विजयी भएकालाई पनि लाभ नै हुन्छ । यसो नगर्ने हो भने बहुमत ल्याए पनि केही अर्थ हुँदैन भन्ने उदाहरणको रूपमा यसअघिका कैयन मेयरहरूलाई लिन सकिन्छ । स्वतन्त्रबाट निर्वाचितले चाहने हो भने राजनीतिक दलबाट विजयीको तुलनामा बढी काम गर्न सक्छन् । किनकि राजनीतिक तडकभडक, बन्देज र व्यस्तता उनीहरूलाई कम हुन्छ ।

सधैँ बागीले जित्ने जनकपुरमा 'बागी विरासत' जोगाउलान् मनाेज साहले ?

कांग्रेसका बागी साहले २ हजार ४ सय ७७ मत ल्याएर अग्रता कायम राखेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको साथले उम्मेदवार भएका लालकिशोर साह भने पाँचौँ नम्बरमा खुम्चेका छन् ।

जनकपुरमा 'घण्टाघर'को गति बढ्दै, गठबन्धनलाई भारी पर्ला मनोजको बागी उम्मेदवारी ?

जनकपुर : जनकपुर उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज कुमार साहले अग्रता कायम राखेका छन्। गठबन्धनले प्रमुख पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेपछि उनले कांग्रेस त्यागेका थिए। पछिल्लो मत परिणाम अनुसार घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले १ हजार ६७८ मत पाएका…

जनकपुरमा गठबन्धन पाँचौं, कांग्रेसका वागीको फराकिलो अग्रता

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवार पाँचौं नम्बरमा परेका छन् । नेपाली कांग्रेस त्यागेर वागी उम्मेदवार बनेका मनोज साहले मेयरमा अग्रता लिइरहेका छन् । उनको निर्वाचन चिन्ह घण्टाघरमा २३२ मत परेको छ । ७ सय मतगणना हुँदा नेकपा एमालेले मेयरमा ९५ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा आँप चुनाव चिन्हले ५३ […]

जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता, गठबन्धनका साहको ५ मत मात्रै

कांग्रेस र जसपाको गठबन्धनलाई पछाडि पार्दै कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहले ६७ मतका साथ सुरुवाती अग्रता लिएका हुन् ।

जनकपुरमा राजपा झण्डै ४ हजारले अगाडि

धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले झण्डै ४ हजार मतले अग्रता लिएको छ। राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ६०४१ मत ल्याएका छन् जो उनका निकट कांग्रेस प्रतिद्वन्द्वीको भन्दा ३९६२ मत बढी हो। कांग्रेसका मनोज साहले २०७९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमाले लक्ष्मी नारायण भगतले ८५४ मत पाएका छन् भने माओवादी उम्मेदवारले…

जनकपुरमा राजपाको फरकिलो अग्रता, राजपा र कांग्रेस दुवैको जित्ने दाबी

जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फराकिलो अग्रता लिएको छ। राजपाका मेयर उमेदवार लालकिशोर साहले कांग्रेस उमेदवार मनोज साहलेभन्दा २८ सय २३ मतले अगाडि छन्। राजपाका लालकिशोर साहले ४ हजार ६ सय ७९ मत ल्याएका छन् भने कांग्रेसक मनोज साहले १ हजार ८ सय ५६ मत पाएका छन्। अन्य पार्टीहरू प्रतिसपर्धामा नै देखिएका छैनन्।…

जनकपुरमा ८०० मत गन्दा कांग्रेसभन्दा राजपा झण्डै तेब्बर

धनुषा जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपा उम्मेदवार लालकिशोर साहले आफ्नो अग्रता बढाएका छन्। चार वटा वडाको ८ सय मत गन्दा साहले ४३२ भोट पाएका छन्। उनलाई पछयाइरहेका कांग्रेस उम्मेदवार मनोज साहले १५६ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका एमालेका लक्ष्मीनारायण भगत ३१ मत पाएका छन्। त्यसैगरी संघीय समाजवादी फोरमका उम्मेदवारले १० र माओवादी उम्मेदवारले पाँच भोट…