लुम्बिनी कांग्रेस सभापतिका लागि भरत शाह र अमर पुन भिड्ने

रुपन्देही । नेपाली कांग्रेसको संस्थापन समूहबाट लुम्बिनी प्रदेश सभापतिमा भरतकुमार शाहले उम्मेदारी घोषणा गरेका छन् । संस्थापन इतरबाट यसअघि नै अमर पुनले दावेदारी पेश गरिसकेका छन् । कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले संंस्थापन समूहबाट शाहको उम्मेदारी रहने सहमति भएको बताए । रुपन्देहीको क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सांसद रहेका शाह संघीय लेखा समितिका सभापतिसमेत हुन् […]

सम्बन्धित सामग्री

कांग्रेस लुम्बिनीमा संस्थापन पक्षको पराजयका 'तीन फ्याक्टर'

बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको लुम्बिनी प्रदेशको अधिवेशनमा पदाधिकारीतर्फ रुपन्देहीको प्रतिनिधित्व शून्य भयो। लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमरसिंह पुनले बाजी मार्दा रुपन्देहीका भरत शाह पराजित भए। दुई पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधानसभा सदस्य एकपटक राज्यमन्त्री भइसकेका शाह केन्द्रमा पहुँच भएका नेता हुन्। उनलाई रोल्पाका निवर्तमान जिल्ला…

लुम्बिनी प्रदेश अधिवेशन : मतगणना आजै रातिबाट सुरु हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भएको छ। नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा हुने मतगणनाको लागि २ समूहका ८/८ जना प्रतिनिधि सहभागी हुने निर्वाचन समिति जनाएको छ ।लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजनिक लेखा समितिका सभापति भरत शाह र रोल्पा जिल्ला निवर्तमान जिल्ला सभापति अमर पुन प्यानल बनाएर मैदान गएका छन् । शा

लुम्बिनीमा मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा १ हजार ६ सय ३१ जना प्रतिनिधिले मतदान गरेका छन् । कुल १ हजार ६ सय ७० मतदाता रहेकोमा ३९ जना अनुपस्थित रहे । कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापनपक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट […]

उम्मेदवारी दर्ता, सभापतिमा शाह र पुन प्यानलसहित चुनावी मैदानमा

बुटवल -  नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतरबाट अमरसिंह पुनले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै दुई जना प्रदेश उपसभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ,…

लुम्बिनीमा देउवा पक्षबाट भरत शाह र पौडेल पक्षबाट अमर पुन चुनावी मैदानमा

नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै प्यानल बनाइ चुनावी मैदानमा उत्रेका छन्।...

देउवा समूहले छान्यो लुम्बिनी प्रदेशमा पदाधिकारीका उम्मेदवार

नेपाली काँग्रेसको संस्थापन पक्षले लुम्बिनी प्रदेशका पदाधिकारीका उम्मेदवारको  टुंगो लगाएको छ । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको संस्थापन पक्षकातर्फबाट पदाधिकारी चयन गरेका हुन् । सभापतिमा भरत शाह (रुपन्देही),  उपसभापतिद्वयमा  राजु खनाल (दाङ) सुधाकर पाण्डे (कपिलवस्तु) लाई उम्मेदवार बनाइएको छ ।शेरबहादुर देउवा समूहले महामन्त्रीद्वयमा जन्मजय तिमल्सिना (बर्दिया) र खिमान सिंह रायमाझी (प्युठान)लाई उम्मेदवार बनाइएको छ । यस्तै सह(महामन्त्रीमा लक्ष्मी नारायण शाह (बाके), सरिता चौधरी