संशोधित मार्जिन कारोबार सुविधा कार्यान्वयनमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबार सुविधालाई संशोधन गरेको छ । योसँगै ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा लिन सकिने भएको छ । २ वर्षअघि नै आएको मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि (प्रथम संशोधन)-२०७७ धितोपत्र बोर्डको निर्देशन पछि लागू भएको हो । प्रथम संशोधन कार्यविधिअनुसार ब्रोकरले सूचीकृत संस्थाको सेयरको १ सय २० दिनको औषत मूल्य वा बजार […]

सम्बन्धित सामग्री

मार्जिन कारोबार सुविधा नाममै सीमित

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले प्रदान गर्ने मार्जिन कारोबार सुविधा नाममा मात्र सीमित भएको छ । २०७५ सालमै धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाई लागू गरेको थियो । लगानीकर्तालाई थप सुविधा दिने उद्देश्यले करीब दुई दर्जन ब्रोकर कम्पनीले मार्जिन कारोबारको स्वीकृति लिएका छन् । तर, हाल कुनै पनि कम्पनीले उक्त सेवा प्रदान गरेका छैनन् । शुरुआती दिनमा फन्डलगायत प्राविधिक कारणले यो सेवा प्रदान गर्न नसकेको भन्दै कार्यविधिमा केही थप व्यवस्था गर्न ब्रोकरहरूले माग गरेका थिए । लाइसेन्स लिएकामध्ये एक कम्पनीले मात्र केही समय लगानीकर्तालाई यो सुविधा दिएको थियो ।  ५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिज कम्पनी लिमिटेडले मार्जिन कारोबार सेवा शुरू गरे पनि अहिले फन्डको अभावमा बन्द गरेको बताएको छ । नासाका प्रबन्ध सञ्चालक मदन पौडेलले फन्डकै अभावमा मार्जिन कारोबार सुविधालाई निरन्तरता दिन नसकेको जानकारी दिए । सय जनाभन्दा बढीलाई सेवा प्रदान गरेको नासाले पछिल्लो समय यो सेवा बन्द गरेको पौडेलको भनाइ छ ।  ब्रोकरहरूले आफ्नो फन्डसँगै वाणिज्य बैंकबाट ऋण लिएर दिन सक्ने यो सुविधा व्यावहारिक रूपमा कठिन भएको पौडेलको भनाइ छ । बैंक, वित्तीय संस्थाबाट ब्रोकरले आफ्नो पोर्टफोलियो धितो राखेर मात्र कर्जा पाउने भएकाले समस्या भएको पौडेलले बताए । मार्जिन कारोबार सुविधा लिएका ग्राहकको पोर्टफोलियोसमेत धितो राखेर ब्रोकरले कर्जा पाउने सुविधा भए फन्ड जुटाउन सहज हुने उनको भनाइ छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि ब्रोकरले आवश्यक फन्ड जुटाउन सहज नभएको गुनासो उनले गरे ।  मार्जिन कारोबारका लागि सदस्यता प्रदान गर्ने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली यो सुविधाका लागि मुख्य समस्या भनेको कस्ट अफ फन्ड (पूँजीको लागत) रहेको बताउँछन् । कस्ट अफ फन्ड बढी हुँदा मार्जिन कारोबार सुविधाका लागि बजारमा मागसमेत कम रहेको बुझाइ पराजुलीको छ । ब्रोकरहरूले आफ्नो स्रोतबाट नपुगे वाणिज्य बैंकबाट ऋण लिएर यो सेवा दिँदा ब्याज र सेवा शुल्क बढी हुन जाने भएकाले यो सेवा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको हुन सक्ने पराजुली बताउँछन् । नेप्सेले २०७५ सालमै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेको थियो ।  उक्त समयमा दुई दर्जन कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्न स्वीकृति प्राप्त गरे पनि कार्यविधिका केही बुँदाले व्यावहारिक कठिनाइ भएको भन्दै लागू हुन सकेको थिएन । नेप्सेले ब्रोकरको मागबमोजिम आवश्यक बुँदा संशोधन गरी २०७९ साल वैशाख १५ गतेदेखि कार्यविधि लागू गरेको हो ।  बोर्डले संशोधन गरेको कार्यविधिअनुसार लगानीकर्ताले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यसअघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो । संशोधित व्यवस्थाअनुसार लगानीकर्ताले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा त्यो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको हो ।  लगानीकर्ताले मार्जिन कर्जाका लागि धितो राखेको शेयरको मूल्यांकन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था छ । यसअघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो । लगानीकर्ताले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्नेछ । शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन गएमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्न सक्छ ।

मार्जिन कारोबार गर्न ८७ कम्पनी योग्य तर, कार्यान्वयनमा ढिलाइ

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्सेमा सूचीकृत दुई सय २४ कम्पनीमध्ये ८७ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएका हुन् ।...

नासा सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा

३ कात्तिक, काठमाडौं । स्टक ब्रोकर नम्बर (५८) नासा सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । २०७५ मै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि लागु भएपनि उक्त कार्यविधि समयसापेक्ष नहुँदा मार्जिन कारोबार सुरु गर्न नसकेको ब्रोकरले बताएका थिए । त्यसपछि उक्त कार्यविधि संशोधनका लागि नेप्सेले सिफारिस गरेर संशोधन भएर १५ वैशाखमा २०७९ मा संशोधित व्यवस्था कार्यान्वयनमा […]

मार्जिन कारोबार कार्यान्वयनमै आशंका

धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्थामा संशोधन भए पनि कार्यान्वयनमा जटिलता कायमै देखिएको छ । स्रोतको सुनिश्चिततालगायत ब्रोकरहरूका केही माग सम्बोधन नभएको, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने जानकारहरू बताउँछन् ।

मार्जिन कारोबार कार्यान्वयनमै आशंका

धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्थामा संशोधन भए पनि कार्यान्वयनमा जटिलता कायमै देखिएको छ । स्रोतको सुनिश्चिततालगायत ब्रोकरहरूका केही माग सम्बोधन नभएको, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने जानकारहरू बताउँछन् ।

मार्जिन कारोबार कार्यविधि संशोधन

लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरूले व्यवहारिक नभएको गुनासो गर्दै आएको दुई वर्षमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पुनः संशोधन गरेर कार्यान्वयनमा ल्याइएको छ । धितोपत्र दलाल व्यवसायीमार्फत सेयर धितोमा राखेर गरिने मार्जिन कारोबार सुविधाका लागि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७ लागू गरेको हो ।मार्जिन […]

मार्जिन कारोबार कार्याविधि संशोधन

काठमाडौं । लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरूले व्यवहारिक नभएको गुनासो गर्दै आएको दुई वर्षमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पुन: संशोधन गरेर कार्यान्वयनमा ल्याइएको छ । धितोपत्र दलाल र व्यवसायीमार्फत सेयर धितोमा राखेर गरिने मार्जिन कारोबार सुविधाका लागि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्याविधि (प्रथम संशोधन) २०७७ […]

संशोधित मार्जिन कारोबार कार्यविधि लागू, २० % वास्तविक मार्जिन कायम

वैशाख १९, काठमाडौं । मार्जिन कारोबार सुविधा सम्बन्धि संशोधित कार्यविधि लागू भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले वैशाख १४ गतेदेखि संशोधित कार्यविधि लागू गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले २०७५ सालमा जारी गरेको उक्त कार्यविधि २०७८ जेठ ११ गते प्रथम संशोधन गरेको थियो । नेपाल धितोपत्र बोर्डद्वारा संशोधन भएको एक वर्षमा नेप्सेले उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो । बोर्डले संशोधन गरेको कार्यविधि नेप्सेले तय गरेको मितिदेखि लागू हुने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम यो कार्यविधि कार्यान्वयनमा आएको हो । बोर्डले संशोधन गरेको कार्यविधिबाट यस अघि दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको धितोपत्रमा मार्जिन कारोबार सुविधा दिनु पर्ने र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको धितोपत्रमा मार्जिन कारोबार सुविधा दिनु पर्ने व्यवस्था हटाएको छ । यसअघि सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासंग आदेश दिनु पूर्वनै शुरु मार्जिनको रुपमा लिनुपर्ने व्यवस्था थियो ।  त्यस्तै धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले ५० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने व्यवस्था  संशोधनपछि अब भने यसअघि सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १२० दिनको औषत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासंग आदेश दिनु पूर्व नै शुरु मार्जिनको रुपमा लिनु पर्ने व्यवस्था गरिएको छ ।  त्यस्तै धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले ३० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने व्यवस्था संशोधित कार्यविधिमा गरिएको छ ।  यसअघि सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम ४० प्रतिशत वास्तविक मार्जिन कायम गर्नु पर्ने व्यवस्था थियो । अब भने सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम २० प्रतिशत वास्तविक मार्जिन कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सेवा प्रदायक कम्पनीको खुद सम्पत्ति ५ करोड

सेयर दलाल व्यवसायीले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि मस्यौदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुझाएका छन् । स्टक ब्रोकर एसोसिएसनले कार्यविधिको मस्यौदा तयार पारेर बुझाएको नेप्सेले जनाएको छ । नेप्सेले कार्यविधि स्वीकृत गरेर धितोपत्र बोर्डमा पठाउने छ र बोर्डले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने नेप्सेले जनाएको छ ।

मार्जिन कारोबार, व्यवस्था र सुधार - Karobar National Economic Daily

धितोपत्र बोर्डले मार्जिन कारोबार निर्देशिका कार्यान्वयनमा ल्याएको छ । यसले सेयर बजारमा थोरै पैसामा धेरै सेयर किन्न चाहने वा आफूसँग भएको भन्दा बढी पैसाको सेयर किन्न चाहनेलाई बाटो खुला गरेको…