के हो ट्रान्सफर प्राइसिङ ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा ट्रान्सफर प्राइसिङको माध्यमबाट कराधार क्षयीकरण, मुनाफाको स्थानान्तरण तथा आयको खण्डीकरणबाट हुन सक्ने कर छली नियन्त्रण गरिने उल्लेख गरेपछि यसबारे चासो बढेको छ । नेपालमा त्यति धेरै नसुनिएको ट्रान्सफर प्राइसिङ बजेटमा आएपछि चासो बढेको हो ।   एउटै मालिक वा साझा नियन्त्रणमा चल्ने व्यवसाय वा सहायक कम्पनी वा सम्बद्ध कम्पनीहरूले एकआपसमा वस्तु वा सेवा किनबेच गर्दा तिर्ने मूल्यलाई ट्रान्सफर प्राइस भनिन्छ । यस्तो कारोबारमा कम्पनीले आफ्नै कुनै एकाइ, सहायक वा सम्बद्ध कम्पनीको नाफालाई नियोजित रूपमा घाटामा गएको देखाएर उसको कर दायित्व कम गर्न वा एउटा कम्पनीको नाफालाई अर्को एकाइ, सहायक कम्पनीमा सार्न सक्छन् । करको दर धेरै भएको देशमा कम्पनीले आर्जन गरेको नाफालाई करको दर न्यून भएको देशतिर सार्न पनि ट्रान्सफर प्राइसिङको उपायले सहयोग गर्छ । यसमा कम्पनीले कम्पनीभित्रकै कुनै एकाइ, शाखा वा सहायक/सम्बद्धलाई पैसा लिएर आफ्नो सेवा वा वस्तु बेच्छन् । यो बजारबाटै वस्तु वा सेवा किने जस्तै हो ।  ट्रान्सफर प्राइस र बजारको प्रचलित मूल्यबीचको अन्तर धेरै हुनु हुँदैन भन्ने अन्तरराष्ट्रिय मान्यता छ । तर, कम्पनीले अवस्थाअनुसार बजारमा प्रचलित दरभन्दा बढी वा कम मूल्यमा आफ्नो वस्तु वा सेवा बेचेको हिसाब देखाउँछन् । अनुसन्धान, प्याटेन्ट र रोयल्टीजस्ता बौद्धिक सम्पत्तिमा पनि यो लागू हुन्छ । मातृ कम्पनीको कर दायित्व घटाउन कम्पनीहरूले मुनाफा सार्ने कानूनी तकनिकी नै ट्रान्सफर प्राइसिङ हो । यो अभ्यासले कम्पनीहरूको कर खर्च घट्छ । राज्यले पाउनुपर्ने राजस्व पाउँदैन । कर आम्दानीको ठूलो अंश कम्पनीहरूले यसरी लुकाउने प्रवृत्ति बढिरहँदा पछिल्ला वर्षहरूमा विश्वका अधिकांश देश ट्रान्सफर प्राइसिङमार्फत हुने कर छली नियन्त्रणमा लागेका छन् । आफ्ना सहायक वा सम्बद्ध कम्पनीमाझ मुनाफा बाँड्न बहुराष्ट्रिय कम्पनीहरूले यसको धेरै प्रयोग गर्ने गरेका छन् । कर बचाउन वा नाफा सार्न सीमापार व्यापार व्यवसाय नभएका, एउटै देशमा मात्रै व्यापार सञ्चालन गरिरहेका कम्पनीहरूले पनि यसको प्रयोग गर्ने गरेको पाइन्छ ।  ९० को दशकमा यसको अभ्यास व्यापक थियो । एमाजन, एप्पल, गूगल, स्टारबक्ससहित कैयौं अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले लामो समयसम्म विश्वभर कमाएको नाफामा तिर्नुपर्ने करलाई सकेसम्म थोरै बनाउन नाफाजति ट्रान्सफर प्राइसिङकै उपाय प्रयोग गरेर ट्याक्स हेभन देशतिर सारे । अमेरिका, बेलायतलगायत कैयौं देशले यसको चर्को विरोध गर्न थाले । ट्रान्सफर प्राइसिङकै सहाराले नाफा सारेको पुष्टि भएपछि यीमध्ये अधिकांश कम्पनीलाई अर्बौं डलर जरीवाना तिराइयोे ।  केही महीनाअघि मात्रै भारतमा बीबीसीको कार्यालयमा आयकर विभागले छापा मार्‍यो । सन् २००२ मा गुजरातमा भएको दंगा र प्रधानमन्त्री नरेन्द्र मोदीको शुरुआती राजनीतिक जीवनबारे एउटा डकुमेन्ट्री प्रकाशन गरेलगत्तै मोदी सरकारले ट्रान्सफर प्राइसिङको सहारा लिएर बीबीसीले भारतमा कमाएको नाफा देशबाहिर पठाएको आरोपमा बीबीसीको कार्यालयमा छापा मार्‍यो । यो मामिलामा बीबीसीले भारतमा अझै मुद्दा खेपिरहेको छ ।  नेपालमा पनि अहिले व्यवसाय गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले मातृ कम्पनीसँग परामर्श, व्यवस्थापन र वस्तु खरीदजस्ता शीर्षकमा सेवा लिएर बजारमा प्रचलित दरभन्दा अस्वाभाविक बढी भुक्तानी गर्ने गरेको अधिकारीहरूको दाबी रहँदै आएको छ ।  रोयल्टीबापत अस्वाभाविक रकम तिर्ने, रोयल्टी नै नतिरी समूहका कम्पनीहरूले साझा अदृश्य सम्पत्ति चलाइरहने, कर्पोरेट करको दर न्यून भएको देशमा धेरै कारोबार भएको देखाउने, निब्र्याजी ऋण आदानप्रदान गर्ने, उपयुक्त कारणविनै कम्पनीको नाफा वा घाटामा तीव्र कमी देखाउने यसका अन्य केही उदाहरण हुन् ।

सम्बन्धित सामग्री

अब कम्प्युटरमा भएको गेम स्टिम डेकमा ट्रान्सफर गर्न सकिने

लोकल नेटर्वक प्रयोग गरी स्टिमबाट अब गेमहरू ट्रान्सफर गर्न सकिने भएको छ । स्टिमको नयाँ बेटा फिचरले मसिनहरूको बीचमा लोकल नेटवर्क प्रयोग गरेर गेम ट्रान्सफर गर्न दिनेछ ।  यदी तपाईले डेक्स्टपमा गेम इन्स्टल गर्नुभएको छ र अब त्यसलाई स्टिम डेकमा खेल्न चाहनुहुन्छ भने पुनः डाउनलोड नगरेर मसिनबीचमा ट्रान्सफर गर्न सक्नुहुनेछ ।  कम्पनीले एक ट्विट गर्दै लोकन नेटवर्कमा भएको गेम...

भोट ट्रान्सफर भएन र ? गज्जबले भएको छ

जति भोट ट्रान्सफर भएको छ, त्यो गज्जब मान्न सकिने देखिन्छ । माओवादी र एकीकृत समाजवादीले हारेको क्षेत्रमा सम्बन्धित दलको समानुपातिक मत र प्रत्यक्षको उम्मेदवारले पाएको मतको तुलनाले यही भन्छ ।

६ महिनादेखि थुप्रिएको ट्रान्सफर स्टेसनको फोहोर उठाउन सुरू

काठमाडौं । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन सुरू गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयबासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन सुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेशसनमा थुप्रिएको फोहोरलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्याण्डफिल्ड साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा […]

ट्रान्सफर स्टेशनलाई दुर्गन्धरहित बनाउन प्लाष्टिकले छोपियो, तस्वीरहरू

काठमाडौँ : काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ।बर्खाको पानीले सडक बिग्रिएसँगै पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन। शहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा कुरूप देखिने र दुर्गन्ध बढ्ने भएकाले यसअघि थुप्रिएको फोहोर छोपिएको  हो। छोपिएको फोहोरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको हो। यसबाट ट्रान्सफर स्टेशनका स्थानीयलाई पर्ने असर कम गर्न यस्तो उपाय अपनाइएको काठमाडौँ मह

एन्ड्रोइडबाट आईफोनमा अब ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने

ह्वाट्सएप प्रयोगकर्ताहरुले अब च्याट हिस्ट्री एन्ड्रोइडबाट आईफोनमा ट्रान्सफर गर्न सक्ने भएका छन् । मेटाको संस्थापक मार्क जुकरबर्गले मगंलबार ह्वाट्सएपमा अब सुरक्षित रुपमा च्याट हिस्ट्री, फोटो, भिडियो र अरु कन्टेन्ट एन्ड्रोइड देखि आईफोेनमा ट्रान्सफर गर्न सक्ने बताएका थिए । यो फिचर बेटाको रुपमा विस्तारै रोलआउट भईरहेको छ । सबै प्रयोगकर्ताले फिचर पाउन कम्तीमा पनि एक...

इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश

इसेवा मनी ट्रान्सफर दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल वैशाख ३० गते एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी  इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो ।यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुर

चाडपर्वमा मोबाइलमार्फत फण्ड ट्रान्सफर निःशुल्क

चाडपर्वमा मोबाइलमार्फत गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । चाडपर्वलक्षित गरी कनेक्टआईपीएसमार्फत गरिने फन्ड ट्रन्सफर यही असोज २० देखि कात्तिक २५ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको एनसीएचएलले जनाएको छ ।दसैं, तिहार तथा छठलगायत चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्सफरलाई प्रोत्साहन गराउन फण्ड ट्रान्सफर निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

मोबाइल मार्फत फन्ड ट्रान्सफर अब निःशुल्क

काठमाडौं । दसैँ, तिहार तथा छठ लगायतको चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर सेवा निःशुल्क गरेको छ ।कनेक्ट आईपीएसले मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइल

अब कनेक्ट आईपीएसमार्फत हुने फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । यो योजना असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा […]