चाडपर्वमा मोबाइलमार्फत फण्ड ट्रान्सफर निःशुल्क

चाडपर्वमा मोबाइलमार्फत गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । चाडपर्वलक्षित गरी कनेक्टआईपीएसमार्फत गरिने फन्ड ट्रन्सफर यही असोज २० देखि कात्तिक २५ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको एनसीएचएलले जनाएको छ ।दसैं, तिहार तथा छठलगायत चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्सफरलाई प्रोत्साहन गराउन फण्ड ट्रान्सफर निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।