जति भोट ट्रान्सफर भएको छ, त्यो गज्जब मान्न सकिने देखिन्छ । माओवादी र एकीकृत समाजवादीले हारेको क्षेत्रमा सम्बन्धित दलको समानुपातिक मत र प्रत्यक्षको उम्मेदवारले पाएको मतको तुलनाले यही भन्छ ।
१६ मंसिर, काठमाडौं । तीन दिनअघि बाबुराम भट्टराईलाई भेट्न टोखा निवास पुग्दा पुष्पकमल दाहाल प्रचण्डसँग एक गुनासो, दुई जिज्ञासा र तीन प्रस्ताव थिए । प्रचण्डको एक गुनासो थियो– गठबन्धन भनेर धेरै कोसिस गरे पनि शहरी क्षेत्रमा भोट ट्रान्सफर भएन । कांग्रेसका उम्मेदवारलाई हामीले दिलोज्यानले सहयोग गर्यौं । तर हाम्रा उम्मेदवारलाई कांग्रेसको सहयोग भएन । उनका […]
चुनाव सकिएसँगै हामीले सत्ता गठबन्धनका दलहरुबाट सुन्नु परेको छ, ‘अन्तर्घात भयो, भोट ट्रान्सफर भएन ।’ यथार्थमा सबै सार्वभौम मतदातालाई आफ्ना कार्यकर्ता मानेर अन्तरपार्टी निर्देशन जारी गर्न खोज्दाको परिणति नेतृत्वले भोग्दैछ । तर थोत्रो संगठन शैलीमा आधारित नेतृत्वले मतदाता कसरी चलायमान हुँदैछन् भन्ने बुझ्न कठिन छ ।