काठमाडौँ : काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ।बर्खाको पानीले सडक बिग्रिएसँगै पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन। शहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा कुरूप देखिने र दुर्गन्ध बढ्ने भएकाले यसअघि थुप्रिएको फोहोर छोपिएको हो। छोपिएको फोहोरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको हो। यसबाट ट्रान्सफर स्टेशनका स्थानीयलाई पर्ने असर कम गर्न यस्तो उपाय अपनाइएको काठमाडौँ मह