दुई अर्थमन्त्रीले बाँडे बजेट बाहिरको ६३ अर्ब रकम

काठमाडौं। चालू आर्थिक वर्षको साढे ७ महिनामा दुई अर्थमन्त्रीले ६३ अर्ब गैरबजेटरी रकम बाँडेका छन्। पूर्व अर्थमन्त्रीद्वय जनार्दन शर्मा र विष्णु पौडेलले बजेटमा विनियोजन भएको रकमभन्दा बाहिर गएर कुल ६३ अर्ब रुपैयाँ बाँडेका हुन्। दुईमध्ये २ महिना ४ दिन अर्थ मन्त्रालय सम्हालेका अर्थमन्त्री विष्णु पौडेलले १७ अर्ब ८३ करोड रुपैयाँ बजेट बाहिरको पैसा विभिन्न आयोजनालाई बाँडेका हुन्।

सम्बन्धित सामग्री

मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड रकम

मधेस प्रदेश सरकारले अन्य प्रदेशको छिमेकी प्रदेशको भन्दा १ अर्ब बढी रकम सांसदका लागि विनियोजन गरेको छ ।  मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेश गर्दै सांसद विकास खर्चका लागि झन्डै साढे २ अर्ब रकम छुट्याएका हुन् ।‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । प्रदेश १ ले भने सांसद कोषका लागि ९० करोड विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेशमा संघीय सरकारको १८ अर्ब ४७ करोड बजेट

दाङ-संघीय सरकारले लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १८ अर्ब ४७ करोड ६४ लाख बजेट विनीयोजन गरेको छ ।जसमा चालुतर्फ ११ अर्ब २३ करोड ५५ लाख रकम रहेको छ । पुँजीगततर्फ ७ अर्ब २४ करोड ९ लाख रकम रहेको छ । संघीय सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटमा उक्त रकम विनियोजन गरेको हो […]

पाल्पाका १० स्थानीय तहलाई चार अर्ब रकम

पाल्पाका १० स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेटमा यहाँका पालिकालाई रु चार अर्ब आठ करोड २१ लाख बजेट छुट्टयाइएको छ ।विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु एक अर्ब १४ करोड ८३ लाख, सः शर्त अनुदान अन्तर्गत रु दुई अर्ब ७७ करोड १३ लाख, समपूरक अनुदान रु ११ करोड २० लाख र विशेष अनुदान रु पाँच करोड पाँच लाख रकम रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहलाई अघिल्लो वर्षभ

मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट

काठमाडौँ। सरकारले मल खरिदमा अनुदानका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को आय र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको सुरुवातबाट नै मल खरिदका लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् ।

औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब बजेट

सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गरिने छ ।

सरकारले रासायनिक मल खरिद गर्न थप्यो तीन अर्ब बजेट

काठमाडौँ । सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयले […]

सात प्रदेशको बजेट २ खर्ब ६१ अर्ब

काठमान्डाैं/ पछिल्लो समय चर्को राजनीतिक अस्थिरतामा अल्झेका प्रदेश सरकारहरूले आधाभन्दा बढी रकम विकासका लागि विनियोजन गरी आगामी आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रूपैयाँको बजेट मंगलबार सार्वजनिक गरेका छन्। संविधानमा संघका लागि आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ मा बजेट... The post सात प्रदेशको बजेट २ खर्ब ६१ अर्ब appeared first on Purbeli News.

खानेपानी र सरसफाईका लागि एक अर्ब ८२ करोड बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा खानेपानी तथा सरसफाईको लागि एक अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। मुहान खानेपानी आयोजना, लिफ्ट तथा डिप बोरिङ आयोजना र पूर्ण सरसफाई कार्यक्रमको लागि विद्यालयस्तरमा सचेतना कार्यक्रमका लागि यो रकम खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।

आइएनजिओहरुले आउँदो वर्ष बजेट बाहिरबाट नेपालमा १६ अर्बभन्दा बढी रकम खर्च गर्ने

काठमाडौं। गैरसरकारी संस्थाहरुले आउँदो आर्थिक वर्ष २०७८/७९ मा नेपालमा बजेट बाहिरबाट १६ अर्ब २० करोड ८२ लाख ५० हजार रुपैयाँ खर्च गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार उनीहले १२६ वटा आयोजनामार्फत उक्त रकम खर्च गर्न लागेका हुन्। आइएनजिओहरुले प्राविधिक सहायताअन्तर्गत उक्त रकम खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ। आइएनजिओहरुले बजेट बाहिरबाट नेपालका ७७ वटै जिल्लामा रकम खर्च गर्दैछन्।

मेलम्ची खानेपानी आयोजनालाई तीन अर्ब बजेट

काठमाडौं। सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजनाका लागि उक्त रकम छुट्याएको जानकारी दिए। उनले यांग्री र लार्केलाई मेलम्चीमा जोड्न उक्त रकम खर्च हुने बताए।