कोरोना भाइरसबाट संक्रमित भै गम्भीर अवस्थामा रहेका बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा रहेको कोभिड वार्डलाई बन्द गरिएको छ ।
हाल सो अस्पतालको कोभिड वार्डमा एक जना पनि संक्रमित बिरामी भर्ना नरहेकोले हाललाई कोहलपुर अस्पतालको सो कोभिड वार्डलाई बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो ।