जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालन

अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला सञ्चालन

सिन्धुपाल्चोक । चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै पाइपलाइनबाट बिरामीको शय्यामै अक्सिजन पु¥याइएको छ । प्लान्टबाट प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन हुने मेडिकल सुपरिटेन्डेन्ट डा. करुणा वज्राचार्यले बताइन् । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इमर्जेन्सी र अन्य वार्डमा रहेका शय्यामा पुर्‍याइएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिन अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘हामीले चौतारा अस्पतालबाट बिरामीहरूलाई सम्पूर्ण सेवा सुविधा दिनेगरी काम गरिरहेका छौं,’ अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठले भने, ‘अस्पतालको भवन नहुँदासमेत नगरपालिकाले दिएको फिल्ड ट्रेनिङ सेन्टरलाई आइसोलेसन वार्ड र पीसीआर ल्याब स्थापना गरी बिरामीको उपचार गरेका थियौं ।’ चीन सरकारको सहयोगमा तत्काल चौतारा अस्पतालको भवन निर्माण गरिने उनले बताए । त्यस्तै, जिल्ला अस्पताल चौताराबाट कोभिड–१९ को पीसीआर परीक्षण शुरू भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोकमै कोरोना भाइरस परीक्षण शुरू भएको हो । चौतारा अस्पतालमा पीसीआर मेशिन जडान गरी पीसीआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ । बिहीवार बाग्मती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित तीनजनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमूना परीक्षण गरेका थिए । प्रयोगशालामा १० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिए । कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि पाँचजना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको चौतारा अस्पतालले बताएको छ । रासस

बैतडी अस्पतालमा कोरोना उपचारका लागि १० शय्या थप

बैतडी : कोरोना संक्रमितको उपचारका लागि जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। अस्पतालले थप  १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। ५० शय्याको निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोरोना भाइरस महामारीसँग जुध्न थप १० शय्याको वार्ड सञ्चालनमा ल्याएको हो। यसअघि जिल्ला अस्पतालमा १८ शय्