वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा १४० बेडसहित कोभिड वार्ड सुरु

चितवन। चितवनमा सङ्क्रमितको संख्या बढेसँगै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आइसीयूसहित १४० बेडको कोभिड वार्ड सुरु भएको छ। २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले थप सङ्क्रमितका लागि बेड थप गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ।