मतगणनाका लागि तारबार

स्थानीय निर्वाचनको मतगणनाकाट पाठ सिकेर काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना पाँच स्थानमा हुँदैछ। भरतपुरमा मतगणना स्थलमै रहेको दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

सम्बन्धित सामग्री

तुलसीपुर बसपार्क तारबार गर्दा पनि चलखेल

दाङको तुलसीपुर बसपार्कमा अपराधिक गतिविधि बढेपछि उपमहानगरपालिकाले तारबार गर्न ठेकेदारलाई जिम्मा दियो।   बसपार्क व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले उपमहानगरपालिकाको जग्गामा रहेको बसपार्क क्षेत्र अस्थायी रुपमा तारबार...

भूमाफियाबाट फिर्ता ल्याएको जग्गामा तारबार, प्रकाशमान–दिपेन्द्रद्वारा निरीक्षण

काठमाडौं, ५ साउन। नेपाल सरकारका अवकाश प्राप्त पूर्व उपसचिव सुरज डोटेलले हडपेको सार्वजनिक जग्गा तारबार लगाएर संरक्षण गरिएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको सक्रियतामा काठमाडौं महानगरस्थित बबरमहल–११ मा रहेको उक्त जग्गा भूमाफिया डोटेलको कब्जाबाट फिर्ता ल्याइएको हो । डोटेलले आफ्नो जग्गा बाटो र खोलामा परेको भन्दै सार्वजनिक जग्गा हडपेका थिए । […]

दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन

काठमाडौँ- चीनले गोरखाको चुमनुब्री गाउँपालिका १ रुइला नाकामा एकतर्फी रुपमा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा एकतर्फी तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो । माइतिघरबाट सुरु भएको विरोध र्‍याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको […]

त्रिभुवन विमानस्थलको बाहिरी तारबार मर्मत कार्य सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चारकिल्ला घेर्ने तारबार मर्मतको कार्य सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तारबार मर्मत कार्य थालेको हो। केहि दिनअघि तारबारबाट छिरेर एक व्यक्ति अनधिकृत रुपमा विमानस्थल प्रवेश गरेका...

त्रिभुवन विमानस्थलको तारबार मर्मत कार्य सुरु

१९ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थल क्षेत्रमा कमजोर सुरक्षा प्रबन्धको फाइदा उठाउँदै अनाधिकृत व्यक्ति सजिलै छिर्न थालेपछि चारकिल्ला क्षेत्रभित्र तारबार मर्मत तर सरसफाइको काम सुरु गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोटेश्वर क्षेत्रबाट यस्तो मर्मतको काम थालिएको हो । यो काम विमानस्थललाई घेर्ने सबै क्षेत्रमा गरिने भएको छ । ‘झाडी पन्छाउने र तारबार […]

प्रदेश सांसदले भने : सीमामा पर्खाल लगाउन नसकेपनि तारबार लगाऊ

२८ जेठ, विराटनगर । प्रदेश-१का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् । प्रदेश-१ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् । सीमामा विवाद भइरहने उल्लेख गर्दै उनले पर्खाल लगाउन नसकेपनि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने बताए । […]

अस्पताल जाने बाटाेमा स्थानीयवासीले तारबार लगाए, बिरामीलाई सास्ती

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बितिसक्दा पनि बाटो खुलाउने प्रयास भएको छैन । अस्पताल जाने बाटोमा केही स्थानीयवासीले तारबार लगाएर बन्द गरेपछि एम्बुलेन्स तथा गाडीमा अस्पताल ल्याइने बिरामीहरूले सास्ती खेप्नु परेको छ ।  गएकाे चैत २६ गतेदेखि चौरजहारी बजारबाट अस्पताल जाने त्यस बाटो बन्द अवस्थामा छ । अस्पताल आउने मूल बाटो बन्द भएपछि बिरामी बोकेर आएका एम्बुलेन्स तथा गाडीहरू कि लामो बाटो घुमेर आउनुपर्ने कि त गाडीबाट झारेर–बोकेर अस्पतालभित्र ल्याउनुपर्ने अवस्था रहेको ...

टुँडिखेलमा सेनाको तारबार हटाउन काठमाडौं महानगरपालिकासँग नागरिक आन्दोलनको अपिल

बृहत् नागरिक आन्दोलनले टुँडिखेलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक अपिल जारी गर्दै नागरिक आन्दोलनले टुँडिखेल नेवाः समुदायको तिनि...