रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बितिसक्दा पनि बाटो खुलाउने प्रयास भएको छैन । अस्पताल जाने बाटोमा केही स्थानीयवासीले तारबार लगाएर बन्द गरेपछि एम्बुलेन्स तथा गाडीमा अस्पताल ल्याइने बिरामीहरूले सास्ती खेप्नु परेको छ ।
गएकाे चैत २६ गतेदेखि चौरजहारी बजारबाट अस्पताल जाने त्यस बाटो बन्द अवस्थामा छ । अस्पताल आउने मूल बाटो बन्द भएपछि बिरामी बोकेर आएका एम्बुलेन्स तथा गाडीहरू कि लामो बाटो घुमेर आउनुपर्ने कि त गाडीबाट झारेर–बोकेर अस्पतालभित्र ल्याउनुपर्ने अवस्था रहेको ...